हामीसँग जोडिनुहोस

१०८ फिट अग्लो बसेको महादेवको मूर्ति निर्माणार्थ महायज्ञमा एक करोड २० लाख संकलन

3 मिनेट
भक्तपुर, १२ बैशाख ः नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा धार्मिक पर्यटनको विकास गर्ने र १०८ फिट अग्लो कल्पेश्वर महादेवको बसेको मूर्तिसहितको कल्पेश्वर धाम निर्माणार्थ आयोजना गरिएको शिव पुराण महायज्ञमा बिहिबार साँझसम्म एक करोड २० लाख रुपैया संकलन भएको छ ।
चाँंगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वर धाम निर्माण गर्ने र त्यही विश्वकै अग्लो महादेवको बसेको मूर्ति स्थापना गर्ने संकल्पका साथ बैशाख २ गतेबाट सुरु भएको महायज्ञमा १० दिनमा एक करोड २० लाख रुपैया संकलन भएको महायज्ञ आयोजना समितिको चाँंगुनारायण–८ का वडा अध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले आज जानकारी दिनभयो ।
कलमसीमा रहेको करिब ८० रोपनी क्षेत्रफलमा १०८ फिट अग्लो महादेवको वरिपरि १००८ शिवलिङग स्थापना गर्नका लागि दाताहरुको उत्साहजनक सहभागिता भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस स्थानमा कल्पेश्वर धाम निर्माणका लागि गुरुयोजना निर्माण गरि करिब ६ करोडको लागतमा बिभिन्न संरचनाहरु निर्माण भइसकेका छन् । महादेवको मूल बसेको मूर्ति निर्माणका लागि करिब रु. दुई करोड लाग्ने भएकाले मूति निर्माणको सहयागार्थ महायज्ञको आयोजना गरिएको हो, त्यसमा दाताहरुको सहयोग प्राप्त हुने क्रम जारी छ ।’
दाताहरुले आफ्ना पितृको सम्झनामा संकल्प गरेर १००८ शिवलिङग स्थापना गर्न शिवलिङ्ग रु. ३५ हजार दान गरेर अहिलेसम्म ७५ जना भन्दा बढीले शिवलिङ्ग स्थापनाका लागि नाम दर्ता गराईसक्नु भएको र कल्पेश्वरको १०८ फिट अग्लो महादेवको मूर्ति निर्माणका लागि एक फिट मेरो योगदान अभियानमा प्रति फिट रु. तीन लाख दान गर्ने दाताहरु १० जनाबाट थपिदै गएको समितिका कोषाध्यक्ष नारायणी फुँयालले जानकारी दिनुभयो ।
चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउदै यस क्षेत्रमा धार्मिक पर्यटकको प्रचुर सम्भावनालाई मूर्त रुप दिन महायज्ञ आयोजना गरेको बताउनुभयो । उहाँले विश्वकै उत्कृष्ठ र अग्लो महादेवको मूर्ति स्थापना गरेर विश्वका पर्यटकका लागि आकर्षक पर्यटकीय केन्द्रको रुपमा बिकास गर्ने गरि गुरुयोजना बनाएर महायज्ञ आयोजना गरेको बताउनुभयो ।
सुडालमा रहेको ठुली ब्रम्हायणी मन्दिरबाट सेतो बाघ राती कल्पेश्वर महादेव परिसरमा आएर गणेश ढुङ्गासम्म ओहोरदोहोर गर्ने गरेको स्थानीय जेष्ठ नागरिकले बताउदै आएका छन् ।  शिवतान्त्रिक गुरु बुद्दिकुमार खडगीले यस क्षेत्रमा धार्मिक शक्ति रहेकोले कल्पेश्वर महादेवको मुर्ति स्थापना गर्ने परिकल्पना गर्दै गुरुयोजना बनाएर मूर्तिको निर्माण कार्य र अन्य संरचना निर्माण सुरु भइसकेको छ ।
करिब रु. ६ करोड लगानी भइसकेको यस क्षेत्रमा बिभिन्न धार्मिक संरचनाहरु निर्माण भएको र महादेवको बसेको १०८ फिटको मूर्ति निर्माणका लागि करिब रु. २ करोड खर्च हुने भएपछि त्यस मूर्ति निर्माणका लागि महायज्ञ आयोजना गरिएको संयोजक खत्रीले जानकारी दिनुभयो ।
कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यु टावरबाट नजिकै,  पर्यटकहरुको चाप रहिरहने बोजिनी ड्याम्प नजिकै रहेको र यहाँबाट काठमाडौ उपत्यका लगायत काभ्रको नाला, बनेपा धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने उच्च स्थानमा रहेको छ । प्रसिद्द कलमसी क्षेत्रमा चाँगुनारायण नगरपालिका वडा नं ८, ९ र बनेपा नगरपालिका वडा नं १ को संगमस्थलको रुपमा रहेको छ ।
यस क्षेत्रमा नाग कुण्ड, गोसाईकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचनाहरु रहेका छन् भने यस क्षेत्र आसपास पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठुली ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मिकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुरेश्वर महादेव बिराजमान रहेका् वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।