
भक्तपुर, २१ बैशाख : काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीकाे हातमा प्रश्नपत्र पुगेकाे सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले प्रहरी र एनइबीकाे आइटी टाेलीलाई राखेर छानविन समिति बनाएकाे छ । उक्त समितिले अनुसन्धान गरिरहेको सीडीओ अर्यालले नेपाल प्रेसलाई बताए ।भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानविन सुरु गरेको छ ।
उनले भने,‘परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ । ’ उनका अनुसार उक्त कलेजको परीक्षार्थीकाे मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ । परीक्षा सकिएपनि काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएकाे छैन । उनीहरुकाे माेवाइल चेक भइरहेकाे छ ।
अघिल्लो वर्ष पनि काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र लिक भएको तर परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले हावा कुरा भनेर पन्छिएको भक्तपुरका रासस संवाददाता रमेश गिरीले बताए । तर यसपटक भने जिल्ला प्रशासन कार्यालयले नै अग्रसरता लिएर प्राविधिक टोलीसहित अनुसन्धान थालेको हो ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






