हामीसँग जोडिनुहोस

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुख घिमिरेको रुलिङ

0 मिनेट

काठमाडौं,२६ वैशाख ।

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । आज बसेको बैठकमा सांसदहरूले आकस्मिक समयमा सुरक्षा र कूटनीतिक चासोको विषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले भन्नुभयो ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

गएको वैशाख ९ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच अहिले आक्रमणका शृङ्खला भइरहेका छन् । आतङ्कवादी आक्रमणबाट एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।