हामीसँग जोडिनुहोस

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई  प्रोस्टेट क्यान्सर

1 मिनेट

५ जेठ,काठमाडौँ ।

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई  प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा प्रोस्टेट क्यान्सर देखा परेको हो ।

उहाँको क्यान्सरमा हार्मोन बढी संवेदनशिल भएका कारण उपचार भने सम्भव भएको बीबीसीले जनाएको छ । रोग व्यवस्थापन र उपचारका लागि तयारी भइरहेको छ ।

डेमोक्रेटिक पार्टीका पूर्व राष्ट्रपति बाइडेनले आफ्नो स्वास्थ्य र उमेरका कारण २०२४ को अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य भएको बताउनुभएको थियो ।

अमेरिकाको यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार प्रत्येक सय जना पुरुषमध्ये १३ जनालाई जीवनको कुनै न कुनै समयमा प्रोस्टेस क्यान्सर हुन सक्छ ।

बाइडेनलाई क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत उहाँका शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको स्वास्थ्य लाभको कामना गर्नुभएको खबरमा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।