हामीसँग जोडिनुहोस

नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

1 मिनेट

५ जेठ,काठमाडौँ ।

नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

आज भएको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणमा यूएईलाई ५ विकेटले हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो। जितकालागि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन्। यस्तै अर्की ओपनर तीर्था सतिशले २१ रन बनाइन्।  यस्तै लावन्य केनीले १२ रन बनाउँदा हिना होच्दानी २० रनमा आउट भइन्।

नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।