
गुल्मी,२५ श्रावण । गुल्मीको गुल्मी दरबार गाउँपालिका ३ गौडाकोटको कुसुण्डे भिरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालक छत्रदेव गाउँपालिका–७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको मृत्यु भएको छ ।
रिडीबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्बरको जिप दुर्घटनामा परेको सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खनालले बताएका छन् । गम्भिर घाइते जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक प्रहरी जवान कृष्ण पाण्डेय, रेसुङ्गा नगरपालिका–३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका–१२ का शेर बहादुर बिकलाई उपचारका लागि पाल्पा रिफर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।