
२५ श्रावण काठमाडौं । हङकङमा मुख्यालय रहेको वायुसेवा क्याथी प्यासिफिकका केही कर्मचारीहरुलाई चीनले बर्खास्त गर्न निर्देशन दिएको छ । शहरमा लामो समयदेखि जारी विरोधमा समर्थन गरेको देखिएपछि उनीहरुलाई बर्खास्त गर्न भनिएको हो ।
बेइजिङको निर्देशनको अतिरिक्त चिनियाँ समाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘क्याथी प्यासिफिक बहिष्कार गरौँ’ भाइरल भइरहेसंगै क्याथी प्यासिफिकका सञ्चालक दबाबमा परेका छन् ।
यही हप्ता, क्याथी वायुसेवाका ‘फ्लाइट एटेडेन्ट’ सम्मिलित ट्रेड युनियनले प्रर्दशनकारीको मागप्रति एक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो ।
नौ हप्ता अघि हङकङ र चीनबीच सुपुरदगी सहजीकरण गर्न ल्याइएको एउटा विधयकले सुरु गराएको प्रदर्शन अहिले पनि जारी छ । हाल प्रदर्शनकारीहरुले हङकङमा थप प्रजातन्त्रको माग उठाइरहेका छन् ।