हामीसँग जोडिनुहोस

चालू आर्थिक वर्षको १० महिनामा १० हजार विद्युतीय गाडी आयात

1 मिनेट

काठमाण्डौ,जेठ ८

चालू आर्थिक वर्षको १० महिनामा झण्डै १० हजार विद्युतीय गाडी आयात भएको छ । साउनदेखि वैशाख महिनासम्म २३ अर्ब १० करोड ५७ लाख मूल्य बराबरका ९ हजार आठ सय ५९ वटा विद्युतीय गाडी आयात भएको हो ।

यस अवधिमा चीनबाट ७ हजारभन्दा बढी र भारतबाट २ हजारभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिकाजस्ता देशबाट पनि विद्युतीय गाडी आयात भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विद्युतीय गाडीको आयात बढेको छ ।

सरकारले विद्युतीय गाडीमा कर बढाउन सक्ने आशङ्कामा व्यापारीहरूले अग्रिम रूपमा विद्युतीय गाडी भित्र्याउन थालेका हुन् । यसले गर्दा भन्सार कार्यालयहरूमा विद्युतीय गाडीको चाप बढेको छ । काठमाण्डौको चोभारमा रहेको सुक्खा बन्दरगाहसँगै तातोपानी र रसुवागढी नाकामा समेत विद्युतीय गाडीको चाप बढेको छ ।

कतिपय विद्युतीय गाडी कम्पनीहरूले ‘प्रि–बजेट अफर’ को नाममा उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहन गरिरहेका छन् ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।