हामीसँग जोडिनुहोस

रविलाई रिहा गर्न माग गर्दै दर्ता भएको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

1 मिनेट

काठमाण्डौ,जेठ ८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेगरी पेसी तोकिएको हो । सोही इजलासमा मंगलबार मुद्दा हेर्दाहेर्दैमा रहेकामा बुधबार भने संवैधानिक इजालस भएकाले मुद्दाको सुनुवाइ भएको थिएन ।

वैशाख ७ मा निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास , जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही  र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।

आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।

सोही इजलासमा लगाब राखिएका रवि लामिछाने र छबिलाल जोशीले दायर गरेको मुद्दाको पनि पेसी तोकिएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।