हामीसँग जोडिनुहोस

यी हुन् मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

1 मिनेट

काठमाडौँ, जेठ ८ गते । 

सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ  निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदिको बिच भागमा जम्मा भएको नदिजन्य पदार्थ हटाइ व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदि नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने निर्णय बैठकले गरेको जानकारी उहाँले दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाप कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्यायोजना, २०८२ स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताउनुभयो । यसँगै बैठकले अन्य विभिन्न नौ वटा निर्णय गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।