
काठमाण्डौ,१० जेठ।
नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लब विजयी भएका छन् ।
पोखरा रङ्गशालाको कभर्ड हलमा भएको खेलमा पुलिसले कर्णालीलाई र एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । प्रतियोगितामा यी ३ वटै टोलीको लगातार दोस्रो जीत हो ।
यस्तै प्रतियोगिताको पुरुषतर्फका खेल अहिले भइरहेको छ । नेपाल भलिबल सङ्घको आयोजनामा आउँदो १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।