हामीसँग जोडिनुहोस

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

1 मिनेट

काठमाण्डौ,१० जेठ।

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र कुवेत पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ घर भई काठमाण्डौ महानगरपालिका–२६ नयाँबसपार्क बस्ने ३० वर्षीय शक्ति खड्का र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २७ वर्षीय प्रविनकुमार मण्डल रहेका छन् ।

शक्तिले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ५५ लाख र प्रविनले कुवेत पठाइदिने भन्दै २ जनाबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आर्यालले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।