
काठमाडौं,११ जेठ।

नेपाली बजारमा आज सुन तोलाको १ हजार ४ सयले बढेको छ।
शुक्रबार एक लाख ९ हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबार दिन १४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ जेठ महिनाको ११औँ दिनमा १० हजारले बढेको छ। जेठको पहिलो दिन एक लाख ८१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्यमा उतारचढाबका बीच ११ दिनमै १० हजारले बढेको हो।
अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य कायम हुने गरेको छ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





