
काठमाडौं,११ जेठ।
नेपाली बजारमा आज सुन तोलाको १ हजार ४ सयले बढेको छ।
शुक्रबार एक लाख ९ हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबार दिन १४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ जेठ महिनाको ११औँ दिनमा १० हजारले बढेको छ। जेठको पहिलो दिन एक लाख ८१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्यमा उतारचढाबका बीच ११ दिनमै १० हजारले बढेको हो।
अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य कायम हुने गरेको छ।