हामीसँग जोडिनुहोस

जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई एमालेको आह्वान

1 मिनेट

काठमाडौं,११ जेठ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात दशक लामो बलिदानी सङ्घर्षको बलबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्दै त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिनेछ । उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले हार्दिक आह्वान गरेको छ’, बैठकपछि गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठक पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक परिस्थिति र विकसित नेपाली राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।