हामीसँग जोडिनुहोस

माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा

1 मिनेट

काठमाण्डौ,१२ जेठ।

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे ।

गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उनको भनाइ थियो । त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए । उनले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थिति र आकर्षण गुणात्मक ढङ्गले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे ।

यसैबीच बैठकले नेसपा र नेपा: राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।