हामीसँग जोडिनुहोस

सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्ने

1 मिनेट

काठमाडौं,१४ जेठ। 

भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन बानेश्वरमा बोलाएका हुन् ।

‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ । मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।