
काठमाडौं,१४ जेठ।
काठमाडौं महानगरपालिकाले आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव माग गरेको छ। महानगरपालिकाले महानगरको नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन भन्दै सुझाव माग गरेको हाे।
महानगरपालिकाका अनुसार परिकल्पना गरिएका न्यूनतम उपाय तथा योजनाहरूको विवरण यही जेठ १५ गते भित्र इमेल वा महानगरमा आएर उपलब्ध गराउन सकिने छ।
महानगरपालिकाले भनेको छ, ‘काठमाडौं महानगरपालिकाले आव ०८२/०८३ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ, यसका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? यहाँ दिइएका शीर्षकमा यहाँहरूले परिकल्पना गर्नुभएका न्यूनतम उपाय तथा योजनाहरूको विवरण जेठ १५ गते भित्र यस प्रणाली वा इमेल mayor.sect@kathmandu.gov.np वा नगर कार्यपालिकाको कार्यालयमा आएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध छ।’