
काठमाडौं,१४ जेठ।
गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गरेका छन्।
भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि प्रतिपक्ष दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
सदनमा बोल्न नपाएपछि आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप झुठो रहेको र राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए।उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए।