हामीसँग जोडिनुहोस

प्रतिनिधिसभा बैठक : आज पनि अवरोध, आधा घण्टाका लागि स्थगित

1 मिनेट

काठमाडौं,१४ जेठ।

विपक्षी दलहरूकाे अवराेधका कारण प्रतिनिधिसभाकाे आजकाे बैठक आधा घण्टाका लागि स्थगित भएकाे छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै विपक्षी दलहरूले उठेर विराेध जनाएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक आधा घण्टाका लागि स्थगित भएकाे जानकारी गराउनुभएकाे हाे ।

सभामुखले विपक्षी दलका सांसदहरूलाई सदन सञ्चालनका लागि सहयाेग गर्न आग्रह गर्नु भए पनि उनीहरूले मानेनन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामा माग्दै विपक्षी दलहरूले हिजाेदेखि संसद्‍मा अवराेध गर्दै आइरहेका छन् ।

हिजाेकाे बैठकमा पनि विपक्षी दलहरूले अवराेध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक फेरि पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।