
काठमाडौँ,१५ जेठ ।

नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र न्युडायमन्ड स्पोट्र्स क्लबले उपाधिका लागि आज खेल्दैछन् ।
पोखरामा भइरहेको प्रतियोगितामा पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो । साबिक विजेतासमेत रहेको पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्युडायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच पनि आजै प्रतिस्पर्धा हुनेछ ।
यस्तै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





