हामीसँग जोडिनुहोस

प्रधानमन्त्री कप भलिबल लिगमा नेपाल पुलिस क्लब र न्युडायमन्ड स्पोट्र्स क्लबले उपाधिका लागि आज खेल्दै

1 मिनेट
Friends playing volleyball

काठमाडौँ,१५ जेठ ।

नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र न्युडायमन्ड स्पोट्र्स क्लबले उपाधिका लागि आज खेल्दैछन् ।

पोखरामा भइरहेको प्रतियोगितामा पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो । साबिक विजेतासमेत रहेको पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्युडायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच पनि आजै प्रतिस्पर्धा हुनेछ ।

यस्तै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।