
काठमाडौँ, १६ जेठ।
नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि भेटवार्ता भएको छ ।आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
यसअघि उनीहरूबिच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो । त्यसपछि बल्ल आज भेट भएको स्वकीय सचिव थपलियाले जानकारी दिए । पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका नेताद्वयबिच पछिल्लो समय सम्बन्धमा सौहार्दता नभएको चर्चा हुँदै आएको थियो ।