
काठमाडौँ, १६ जेठ।

प्रतिनिधिसभा बैठकको असार १२ सम्मको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ। शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १२ गतेसम्मको सम्भावित कार्यसूची टुङ्ग्याएको हो।
जसअनुसार जेठको बाँकी दिनमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ। २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन्।
२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ।
यस्तै सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक र २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





