हामीसँग जोडिनुहोस

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाद्धारा पुर्ननिर्माण सुरु, नगर प्रमुखसहितको टोलीद्धारा अनुगमन 

3 मिनेट
 भक्तपुर, १७ जेठ : भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गको रुपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले  पुर्ननिर्माण एवं स्तरोन्नती सुरु गरेको छ ।
गत बैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट व्यबस्थापन गर्ने गरि भक्तपुर नगरकोट सडक स्तरोन्नती कार्य सुरु गरेको हो ।
नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नती आफ्नै आन्तरिक श्रोतबाट गर्ने गरि बोलपत्र आव्हान गर्दै रु. १७ करोडमा ठेक्का सम्झौता गरि स्तरोन्नती एवं पुर्ननिर्माण कार्य सुरु गरेको हो ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको ११ वर्षमा १० औ पटक म्याद थप गरेर लागत बढाउदै ३१ करोड पुर्याउँदा पनि बिभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभई सिंगो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हदैन । मैले जनतासंग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पुरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नती गर्न ठेक्का सम्झौता गरि अब आसप्लान्ट पिच (कालोपत्र) गर्न बेस बिछ्याउने काम सुरु गरेका छौँ ।”
सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पुरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भेगकाले यो सडकलाई पुरा गर्न भक्तपुर नगरकोट सडकको स्तरोन्नती आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रीय सरकारले यो सडक पुन स्तरोन्नती गर्न यसवर्ष बजेट नभएको र प्रक्रियामा जादा प्रक्रिया पुरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैले कालोपत्र गर्न लागेको उहाँले बताउनभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, “सम्बन्धित मन्त्रालयसंग र सडक विभागसंग छलफल गरेरै काम थालनी गरेका हौँ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरि खाल्डो पुर्ने र सडकको स्तरोन्नती गरेर कालोपत्र गर्छौ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरि छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेका हौ ।”
शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटबाट सडकको लेबर मिलाएर गाईबे्रल हाल्दै बेस मिलाउने काम सुरु भइसकेको र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने बताउनुभयो । उहाँले एक महिनाभित्र सडकका सबै निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो ।
आज नगरकोट खण्डमा सडक पुर्ननिर्माण एवं स्तरोन्नतीको कामको प्रगति र अबस्था जानकारी लिन नगर प्रमुख खत्रीसहित वागमति प्रदेश सभाका सदस्य सुरेश श्रेष्ठलगायतका जनप्रतिनिधिलगातले अवलोकन एवं अनुगमन गर्नु भएको छ ।
त्यसैगरि वागमति प्रदेश सरकारको ५९ करोडको लागतमा भक्तपुर नगरपालिकाो डेकाचादेखि चाँगुनारायण हुदै काठमाडौंको साँखु नौ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । उक्त सडकको आज नगर प्रमुख खत्री, प्रदेश सभा सदस्य श्रेष्ठलगायत जनप्रतिनिधिको टोलीद्धारा सडक कालोपत्रको अनुगमन गर्नुभयो ।
त्यसैगरि चाँगुनारायण इन्जिनियरिङ्ग कलेजबाट मनोहरा पुलसम्मको सडक कालोपत्रको समेत उहाँहरुले आज अनुगमन गर्नुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।