हामीसँग जोडिनुहोस

काठमाण्डौको नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा

1 मिनेट

काठमाडौं,१७ जेठ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।

प्रशासनले सूचना निकालेर आजदेखि आउँदो असार २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिएको हो ।

केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को  दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाण्डौको सिफारिशका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका अतिरिक्त यो आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

राजावादीहरुले प्रदर्शन गर्न थालेपछि प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।