हामीसँग जोडिनुहोस

कर्मचारीको विषयलाई जोडेर गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली

1 मिनेट

काठमाडौं,१७ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित भएको बताउनुभएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री लेखको राजीनामा र छानबिनको माग गर्दै आएका छन् ।

काठमाण्डौमा आज बिहान भएको ‘कान्तिपुर हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै पनि निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा र छानबिनको माग राखेर संसद अवरोध गर्न नहुने बताउनुभयो ।

प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्ने तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले रवि लामिछानेतर्फ लक्षित गर्दै तत्कालीन गृहमन्त्रीको राजीनामा मागेको अवस्थामा गृह मातहतको सीआईबीले छानबिन गरिरहेको बताउनुभयो ।बजेटको सन्दर्भमा प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट यथार्थपरक र कार्यान्वयनमा सम्भव हुने हिसाबले आएको बताउनुभएको छ ।

पूर्वाधार विकासमा धेरै काम भएकाले सरकारले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएको उहाँको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।