
काठमाडौं,१७ जेठ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव शनिबार मलेसिया प्रस्थान गरेका छन् । पार्टी स्रोतका अनुसार अध्यक्ष यादवले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
साथै, उनले विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्। मलेसियामा रहेका प्रवासी नेपालीहरूसँग पार्टीको सम्बन्ध विस्तार गर्नुका साथै उनीहरूको समस्याबारे जानकारी लिने उद्देश्यले यो भ्रमण तय गरिएको जनाइएको छ।
अध्यक्ष यादवको यो भ्रमणले प्रवासी नेपालीसँगको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिएको छ। उनको यो भ्रमण आगामी जेठ २० गतेसम्म रहनेछ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





