
काठमाडौं,१७ जेठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव शनिबार मलेसिया प्रस्थान गरेका छन् । पार्टी स्रोतका अनुसार अध्यक्ष यादवले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
साथै, उनले विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्। मलेसियामा रहेका प्रवासी नेपालीहरूसँग पार्टीको सम्बन्ध विस्तार गर्नुका साथै उनीहरूको समस्याबारे जानकारी लिने उद्देश्यले यो भ्रमण तय गरिएको जनाइएको छ।
अध्यक्ष यादवको यो भ्रमणले प्रवासी नेपालीसँगको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिएको छ। उनको यो भ्रमण आगामी जेठ २० गतेसम्म रहनेछ।