हामीसँग जोडिनुहोस

 आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै

0 मिनेट

काठमाडौं,१८ जेठ।

आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ।

शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो। पञ्जाब भने पहिलो क्वालिफायर्समा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएर दोस्रो क्वालिफायर्स खेल्न लागेको हो।  यी दुई टोलीबीच आईपीएलमा ३२ भिडन्त हुँदा १७ खेल मुम्बईले जितेको छ भने १५ खेलमा पञ्जाब विजयी भएको छ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई र श्रेयस ऐय्यरको कप्तानीमा रहेको पञ्जाबका लागि मुम्बई भारी पर्न सक्ने आँकलन गरिएको छ। पछिल्लो भेटमा भने पञ्जाबले मुम्बईलाई हराएको छ।

आजको विजेताले मंगलबार राति बैंगलुरुसँग उपाधिका लागि खेल्नेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।