
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरका बासिन्दालाई अब भिडियो एक्सरे गर्न लामो बाटो हिडेर सदरमुकामसम्म जानु नपर्ने भएको छ । दूर दराजका र दुर्गम क्षेत्रमा सहज स्वास्थ्य सेवाको पहुच पुर्याउने अभियानका साथ बिभिन्न जिल्लाका अस्पतालदेखि स्वास्थ्य चौकीहरुसम्ममा बिभिन्न उपकरणहरु वितरण गर्दै आउनु भएका बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मेलम्चीस्थित दुवाचौर स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गर्नु भएको छ । दुवाचौरमा पहिलोपटक एक्सरे र अल्ट्रासाउन्ड सेवा सुरु गर्न उहाँले बिहिबार उपकरणहरु स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयले मन्त्री थापाले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राखेर जनताको घरदैलोमा सेवा पु¥याउने अभियान अन्तर्गत स्वास्थ्य शिविर र उपकरण हस्तान्तरण अभियाननै सञ्चालन गरेको बताउनुभयो । गाउँगाउँसम्म गुणस्तरीय सेवा पु¥याउने अभियान सञ्चालन गरिरहेकै अबस्थामा दुवाचौर स्वास्थ्य चौकीलाई पनि उपकरण हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
उपकरण हस्तान्तरण गर्दै मन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकारले स्वास्थ्यलाई अधिकारको रूपमा स्थापित गर्दै गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँ विस्तार गर्ने अभियाननै सुरु गरेको छ । यहाँको दुवाचौर स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिनको जडानले स्वास्थ्य मन्त्रालय गाउँ गाउँमा स्वस्थ्य पहुँच विस्तारमा थप अघि बढेको महसुस भइरहेको छ । यस्ता कार्यलाई हामी निरन्तरता दिनेछौँ ।”
उहाँले गाउँ गाउँमा स्वास्थ्य शविर सञ्चालन गरेर आमनागरिकलाई स्वास्थ्य सेवाको पहँचमा पनि बृद्धि गर्ने बताउनुभयो । भिडियो एक्सरे मेसिन हस्तान्तरण गर्दै मन्त्री थापाले भन्नुभयो “स्वास्थ्य सेवा शहर केन्द्रित मात्रै हुनुहुदैन, गाउँका जनताले पनि समानस्तरको स्वास्थ्य सेवा पाउँनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यता अनुरुपनै हामी अगाडि बढिरहेका छौं । दुवाचौरमा भिडियो एक्सरे मेसिन जडानसँगै अब यस वडामा एक्सरे तथा अन्य डिजिटल जाँचहरू सहज रूपमा हुनेछन् टाढा जानु पर्दैन ।”
आगामी दिनमा अन्य ग्रामीण क्षेत्रहरूका स्वास्थ्य संस्थहरुमा स्वास्थ्य शिविरहरू सञ्चालन र आवश्यक उपकरण तथा जनशक्ति विस्तार गर्दै लैजाने स्वास्थ्य मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु आजको आवश्यकता रहेको औल्याउँदै जनताले सामान्य स्वास्थय सेवाका लागि भौतारिनु पर्ने अबस्था आउनु नहुने बताउनुभयो ।
दुवाचौरमा भएको स्वास्थ्य शिविर एवं उपकरण हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सकुन्तला श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिबसुमित्रा गौतम, स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्र झा, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका पुर्ब प्रमुख कृष्ण गोपाल तामाङलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष पासाङ दोङलगायतले वडा वडामा यस्ता शिविरहरू सञ्चालन गर्नु आवश्यक रहेको बताउदै यहाँ भएको शिविरबाट धेरै जनता लाभान्वित भएको बताउनुभयो ।