
काठमाडौं,१८ जेठ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आज काठमाडौंमा शुरु हुदैछ।
सम्मेलनको दिउँसो १२ बजे बजे प्रज्ञा भवन कमलादीमा पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ।
पर्सि २० गते सम्म चल्ने सम्मेलनले उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलनको आवश्यकता तथा सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको नीति पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने प्रचार उपसमिति संयोजक केहरसिंह कुँवरले जानकारी दिनुभयो।
उहाँका अनुसार सम्मेलनमा देशभरबाट गरी २ हजार प्रतिनिभि सहाभागि हुनेछन्। वाइसियल नेपालको यसअघि दोस्रो सम्मेलन २०७४ मा भएको थियो।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






