हामीसँग जोडिनुहोस

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ठ अस्पताल घोषणा

अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न एक करोड बजेट विनियोजन, यसै महिना डाइलोसिस सेवा विस्तार गछौं : स्वास्थ्य मन्त्री किरण थापा

6 मिनेट
भक्तपुर, १८ जेठ : नेपालकै दोश्रो अर्थात माइलो अस्पतालको रुपमा परिचित १२१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ठ अस्पताल घोषणा भएको छ ।
आज भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङकन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालहरु मध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अंक प्राप्त गर्दै सर्वोत्कृष्ठ अर्थात पहिलो भएको घोषणा गरिएको हो ।
कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पताल देशैभरमा उत्कृष्ठ अस्पताल घोषणा भएको सुन्न पाउँदा खुसी लागेको बताउदै अस्पताल प्रशासन र कर्माचारीले आफ्नो कर्तव्यवाट कहिले विमुख नहुन निर्देशन दिनुभयो ।
अस्पताल लगातार चौथौ पटक प्रथम हुन सफल भएको भन्दै अस्पतालको गुणस्तरमा कुनै कमि आउन नदिन वागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट मार्फत सम्वोधन गर्ने बताउनुभयो । अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयले रु. एक करोड बजेट विनियोजन गरेको बताउदै अस्पतालमा डाइलोसिस सेवा विस्तार गर्न मेसिन खरिदका लागि बोलपत्र आव्हान भइसकेकाले एक महिना भित्र डायलोसिस सेवा पनि सुरु हुने बताउनुभयो ।
अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा वजेट विनियोजन गर्ने बताउदै स्वास्थ्य मन्त्री थापाले वागमति प्रदेश भरिकै अस्पतालहरुको स्तरोन्नती गर्न आफू लागिपरेको बताउनुभयो ।  प्रदेशका १३ वटै अस्पतालमा पुगेर त्यहाँको अनुगमन गरि आवश्यक उपकरणहरु तथा जनशक्ति व्यवस्थापनमा लागि परेको बताउदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै स्वास्थ्य संस्थामा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले १२१ वर्षको एउटा इतिहास बोकेको देशकै दोश्रो अस्पताल पहिलो हन सफल भएको भन्दै कर्मचारीको लगनशिलता, व्यबस्थापन समितिको सहयोग र पर्दा पछाडिका गलत तत्वहरुको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना महामारीमा म भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट भएर आउँदा यहाँको सेवाको गुणस्तर मापनमा ३८ अंक थियो, हामी लाग्यौ, सुधार गर्यौ, त्यसपछि लगातार दुइ वर्ष प्रदेशस्तरमा प्रथम भयौ, गतवर्ष म यही अस्पतालको निर्देशक हँुँदा देशभरका अस्पतालमा प्रथम भयो, अहिले सेकेण्डरी बि लेवलको अस्पतालमा पनि प्रथम हुन सफल भयो, यहाँ बिरामी रिफर भएर आउने गरेका छन् ।”
उहाँले भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नु पर्ने बताउदै मन्त्रालयमै बसेर दैनिक रुपमा प्रदेशका १३ वटा अस्पतालमा कति विरामी आए, कति भर्ना भए, कति डिस्चार्ज भएदेखि सबै हेर्न सकिने गरि वागमति स्वास्थ्य एप्स जडान गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले भक्तपुर अस्पतालबाट आफूहरुले धेरै सिकेको बताउँदै यो अस्पताल देशकै उत्कृष्ट बन्नु आफूहरुका लागि प्रेरणादायी भएको बताउनुभयो ।
संघीय सरकारले स्वास्थ्य संस्थाहरुको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङकन टिमका संयोजक एवं बीर अस्पताल नर्सिङ्ग कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका अस्पतलहरुको गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गर्नुभयो ।
देशभरका सकेण्डरी ‘बी’ लेवरको अर्थात देशभरका ३०० शय्यामा सञ्चालित अस्पतालहरुको मूल्याङ्कन टोलीले त्यहाँ प्रदान गरिने बिभिन्न सेवालगायत बिभिन्न शिर्षकहरुमा गरेको अनुगमन, मूल्यांकनबाट प्राप्त नम्बरका आधारमा भक्तपुर अस्पताल पहिलो अर्थात देशभरका अस्पताल मध्येबाट उत्कृष्ठ भएको घोषणा गरिएको हो । घोषणामा लुम्विनी प्रदेशिक अस्पतालले ८९ अंक प्राप्त गरि दोस्रो र भरतपुर अस्पताल ८८ अंक प्राप्त गरि तेस्रो भएको संयोजक तुईतुईले बताउनुभयो ।
मूल्याङकनमा वागमति प्रदेश मध्येका १३ अस्पतालहरु मध्ये धादिङ्ग अस्पतालले ८२ अंक ल्याएर दोस्रो र त्रिशुली अस्पताल ८१ अंक ल्याएर तेश्रो भएको मूल्याङकन टिमका सदस्य एवं बीर अस्पतालका डा. फणिन्द्रप्रसाद बरालले बताउनुभयो । उहाँले कुन शिर्षकमा कति नम्बर आउको र अनुगमनमा कुन कुन विषय मूल्याङकन गरिएको भन्नेबारेमा जानकारी गराउनु भएको थियो ।
टिमका सदस्य एंव बागमति प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नविन दर्नालले न्यूनतम सेवा मापदण्ड मुल्याकंन पछि सरकारी अस्पतालहरुले आफनो गुणस्तरमा धेरै सुधार गरेको बताउनुभयो । ६ महिनामा नभई एक वर्षमा एक पटक सरकारले र तीन महिनामा  अस्पतालले आफैले यस्ता मूल्यांकन गर्नु पर्ने बताउनुभयो ।
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले अस्पतालको सेवासंगै दरबन्दी बढाउन आवश्यक रहेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले स्वास्थ्य क्षेत्रमा भक्तपुर अगाडि बढिरहेको बताउदै यहाँ आएका विरामी सवा लिन अन्यत्र जानु पर्ने अबस्था आउन नहुने बताउनुभयो ।
अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउदै यसवर्ष बहिरंग, अन्तरंग, शल्यक्रिया, प्रसुतिलगायतका सेवाहरुमा विरामीको आगमन विगतका वर्षहरुमा भन्दा बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रविन्द्र ज्याख्वले भक्तपुर अस्पताल विकासका लागि भक्तपुर नगरपालिकाले कुनै कुरामा अबरोध नगर्ने र विगतका दिनमा जस्तै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठले भक्तपुर अस्पतलमा आफ्नो २२ वर्षको अनुभव सुनाउदै असर नेतृत्व आएमा अस्पतालमा सुधार गर्न सकिन्छ भन्ने प्रमाणित डा. सुमित्रा गौतमले भक्तपुरमा सावित गरेर देखाएको बताउनुभयो ।
-तस्विर : विनोद विक

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।