हामीसँग जोडिनुहोस

मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण

हामी देश छाडेर भाग्दैनौ, एक थोपा रगत भएसम्म देशका लागि लड्छौँ : राधिका शाक्य

8 मिनेट
-रमेश गिरी
भक्तपुर, १८ जेठ ः समाज परिवर्तनको सम्बाहक बन्दै समाजमा सकारात्मक सन्देश फैलाउने मुख्य उदेश्यले विगत सात वर्षदेखि बिभिन्न साहित्यिक यात्रा सञ्चालन गर्दै आएको जेसुमको मध्यपुरथिमिमा भएको यात्राको सम्स्मरण गर्दै प्रकाशित पुस्तक ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण गरिएको छ ।
सम्बृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकको मध्यपुरथिमिस्थित कराते एकेडेमीमा नेपालकी प्रथम महिला राधिका शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बुढानिलकण्ठ नगरपालिकाकाी उपप्रमुख अनिता लामालगायत साहित्यकारहरुले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।
कार्यक्रममा गत जेठ १ गते जेसुमले मध्यपरथिमिको शंखधर चोकस्थित शंखधरको शालिकबाट सुरु गरि बालकुमारीहुदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाहरुको अवलोकनका क्रममा श्रष्टाहरुबाट सृजना भएका कविताहरु, सम्पदास्थलमै कोरिएका चित्रहरुलगायतको स्मरणलाई लिपिबद्ध गर्दै प्रकाशित पुस्तक लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जेसुम कवितादेखि बिभिन्न श्रष्टाहरु हुदै मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठसम्मका कविताहरु वाचन भएका थिए ।
पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष एवं जेसुमका संस्थापक बालकृष्ण बस्नेत, स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, घनश्याम खतिवडा, रामगोपाल आशूतोष, नरहरि श्रेष्ठ, अस्मिता मानन्धर, जयन्ती स्पन्दन, रजनिमिला, नविकप्रकाश श्रेष्ठ, उत्तरा नेपाल, रति थापा श्रेष्ठ, वसन्त नकर्मी, कल्पना श्रेष्ठ, तेजकृष्ण श्रेष्ठ र ज्ञानराम श्रेष्ठका कविताहरु प्रकाशित छन् भने कार्यक्रममा प्रकाशित कविताहरु लेखक स्वयंले वाचन गर्नु भएको थियो ।
पुस्तकमा कलाकारहरु दीपेन्द्रमान वनेपाली, सरिता मण्डल, चन्द्रा श्रेष्ठ, झलक केसी, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, रुबिन बाडे, मंगल प्रजापति, रतिक श्रेष्ठले मध्यपुरमा जेसुम यात्राका क्रममा कोरेका क्यानभासहरु प्रकाशित छन् ।
कार्यक्रममा जेसुमकी संयोजक लामाले जेसुमले देश घुमौ, देश चिनौ भन्ने अभियानका साथ देशमा कला, साहित्य र रंगमञ्च मार्फत सकारात्मक सन्देश प्रवाह गर्दै परिवर्तनको अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले जेसुम सबै श्रष्टाहरुको साँझा चौतारी भएकाले साहित्कारदेखि कलाकारसम्म जेसुममा जोडिएर अभियानलाई अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले मध्यपुरथिमिको सम्पदा यात्राका क्रममा बाहिर देखिएको मध्यपुर र भित्र रहेको मध्यपुरको सुन्दरतालाई नजिकबाट स्पर्श गर्ने अवसर पूर्व नगर प्रमुख श्रेष्ठले जुराईदिएको बताउनुभयो ।
मध्यपुरथिमिका पूर्व नगर प्रमुख श्रेष्ठले जेसुमको मध्यपुर सम्पदा यात्राले यहाँको ऐतिहासिक धरोहरको प्रचारमा अझै उचाई थपेको बताउदै मध्यपुरका सम्पदा आफैमा सुन्दर संग्रहालय भएकाले यसको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाउन आवश्यक रहेको औल्याउनुभयो । उहाँले जेसुम यात्रा मध्यपुरका लागि नयाँ अनूभूति भएपनि यसले देशभरका यात्रालाई अबलम्बन गर्दै देशलाई कला, साहित्यको माध्यमबाट चिनाउन सफल हुने चर्चा गर्नुभयो ।
हामी देश छाडेर भाग्दैनौ, शरीरमा एक थोपा रगत भएसम्म देशकै लागि लड्छौँ  : राधिका शाक्य
मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा प्रथम महिला राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्य नभाग्ने बताउनुभयो । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताउनु भएको हो ।
शाक्यले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौ, हामी भाग्दैनौ, कतै जादैनौ पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ ।”
उहाँले आफले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घर्न आउछु भन्नेहरुका बीचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताउदै भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरुको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेको छन्, चिनेका छन् ।”
देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न, त्यसबारेमा प्रकाशित पुस्तकहरु पढ्न र मूल्यांकन गरेर मात्रै बोल्न उहाँल आग्रह गर्नुभयो ।
शाक्यले भन्नुभयो, “उहाँले देशमा कही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र बिभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।” अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उहाँले आव्हान गर्नुभयो ।
कार्यक्रममा वागमति प्रदेश सभाका पूर्व सदस्य एवं भक्तपुर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शशीजंग थापाले आफ्नो परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक प्रथम महिला शाक्यलाई हस्तान्तरण गर्नु भयो भने नम्रता थापाले हालै प्रकाशित शाक्यको पुस्तक करुणाको समिक्षा गर्नुभयो ।
कविता वाचन गर्दै श्रष्टाहरु :

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।