हामीसँग जोडिनुहोस

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

2 मिनेट

काठमाडौँ,२० जेठ।

काठमाडौंका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । उनका विषयमा छानबिन गर्न समिति बन्ने भएको छ । महानगर प्रमुख बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मतभेदको चेपुवामा पाण्डे परेका हुन् ।

गत चैत २१ गते आफूलाई कार्यालय प्रवेशमा अवरोध र हुलहुज्जत गरेपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको जवाफमा पाण्डेले ‘कानुनअनुसार र मेयर निर्देशनमा अवरोध गरेको र गाडीमा ह्विललक’ लगाएको बताएका थिए ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मंगलबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बित गरेका हुन् । अर्को व्यवस्था नभएसम्मका लागि एसपी विष्णुप्रसाद जोशीलाई नगरप्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । पाण्डेलाई दिइएको निलम्बन पत्रमा उनी स्वयं हुलहुज्जत र हातपातमा संलग्न रहेको उल्लेख छ । साथै पत्रमा ‘पाण्डेका विषयमा छानबिन गर्न समिति गठन हुने र उक्त समितिलाई छानबिनमा बाधा नहोस् भनेर बढीमा ६ महिनाका लागि निलम्बित गरिएको’ उल्लेख छ ।

“महानगरपालिका कार्यालय परिसर एवं प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा २०८१ साल चैत्र २१ गतेका दिन घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना तपाईंको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको र सो अभियोगमा च.नं.४०२३ को पत्रमार्फत तपाईंसँग सातबुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण विश्वासयोग्य र चित्तबुझ्दो नभएको हुँदा सो घटना सम्बन्धमा विस्तृतले जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा (४) बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु,” निलम्बन पत्रको व्यहोराबारे महानगर स्रोतले भनेको छ ।

पत्रको व्यहोरा उद्धृत गर्दै महानगरको विश्वस्त स्रोतले भन्यो, “सो जाँचबुझ समितिको काममा अनुचित प्रभाव नपरोस् भन्नाका खातिर तथा जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना एवं प्रमाण कागज बुझ्ने कार्यमा सहजताका लागि ऐनको दफा ३९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी तपाईलाई आजैका मितिदेखि लागु हुने गरी जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ (छ) महिनाका लागि निलम्बन गरेको छु ।”

निलम्बन पत्रको बोधार्थ महानगर प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, सबै विभागहरू, महानगर प्रहरी बल र सबै वडा कार्यालयलाई दिइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।