
भक्तपुर । १५ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता–२०८२ मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा दोश्रो भएको छ । वागमति प्रदेशको प्रदेश खेलकुद विकास परिषद् हेटौडाले आयोजना गरेको प्रतियोगितामा चाँगुनारायण नगरपालिका दोश्रो भएको नगरपालिका खेलकुद समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ्ग शिल्डमा पाँच स्वर्ण पाँच रजत १० काश्य पदक सहित भक्तपुर तेस्रो स्थान बन्न सफल भएको जानकारी दिदै कबड्डी खेल अन्तर्गत भक्तपुर जिल्लाको पुरुष टिम प्रथम र महिला टिम तृतिय भएको उहाँले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित चाँगुनारायण नगरपालिकाका खेलाडी ज्ञानेन्द्र बुढा क्षेत्री घोषित भए । प्रतियोगितामा चाँगुनारायण नगरपालिका अन्तरगतका बिजय मेड्ल जित्ने खेलाडीहरुमा पुरुष सन्सौ ४५ केजीमा रोशन थापा मगरले स्वर्ण पदक (चाँगुनारायण स्कुल), पुरुष सन्सौ ४८ केजीमा फाइटतर्फ उज्ज्वल खड्काले कस्य पदक (प्रज्ञा स्कुल), महिला सन्सौ ४२ केजी फाइटतर्फ आरती थापा मगरले कास्या पदक (प्रज्ञा स्कुल)ले हात पारेको छ । रमेश सुवाल टिम प्रशिक्षक र राजकुमार रसाइली टिम ब्यावास्थापक रहेका थिए ।
त्यस्तै करातेतर्फ राधाकुमारी चौधरीले स्वर्ण पदक, एथलेटिक्सतर्फ तीन हजार मिटर दौडमा सन्तोष कार्कीले तृतीय स्थान, तीन हजार मिटर महिला तर्फ प्रमिसा कार्की तृतीय, एथलेटिक्सतर्फ सन्तोष कार्कीले ४×४०० रिले दौडमा द्वितिय स्थान प्राप्त गरि पुरस्कार हात पारेका छन् । कबड्डीमा पुरुष तर्फ पनि नगरपालिकाले स्वर्ण पदक हात पारेको छ भने भक्तपुर जिल्लामै सबैभन्दा बढी मेडल लेराउन चाँगुनारायण नगरपालिका सफल भएको छ ।