
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापालाई सम्मान गर्नु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नगर ्रमुख थापालाई सम्मान पत्र र बुद्धको मूर्ति प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
प्रतिष्ठान भवन निर्माणको लागि नगरपालिकाले जग्गा प्रदान गर्नुका साथै प्रतिष्ठान भवन निमााको लागि नगरपालिकाले पटक पटक गरि रु. ४० लाख रुपैया सहयोग गरेको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रममा काँग्रेस सभापति देउवाले सूर्यविनायकका मेयरले नगरपालिकाको बिकास समान रुपमा अगाडि बढाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो । काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिले सूर्यविनायक नगरपालिकमा सशल शासन सञ्चालन भएको पुष्टी गरेको बताउदै सबलाई समान गरेर बिकासमा अगाडि सूर्यविनायकंग सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले जनताको मतबाट विजयी भएर नगर प्रमुख हुँदा आपूm एउटा पार्टीको मात्रै नभई सिंगो नगरवासीको मेयर भकाले कसैलाई पनि विभेद नगरी बिकास अगाडि बढाएको बताउनु भयो ।

उहाँले नगरपालिकामा एमाले र काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले मिलेर विभेद नगरी समान रुपमा बिकासलाई अगाडि बढाएको र अधिकांश भौतिक बिकास गरेको, सडक, पुल भवन, शिक्षा, स्वास्थ्यमा नगरपालिकाले समान रुपमा बिकास गरेको बताउनुभयो । राधेश्याम जोन्छेँ प्रजातन्त्र प्राीतको योद्धा भएकाले उहाँको नाममा भवन निर्माणका लागि स्थानीय सरकारको हैसियतले सहयोग गरेको बतउनुभयो ।