हामीसँग जोडिनुहोस

जब प्रधानमन्त्री ओलीको गला अबरुद्ध भयो, आँखा रसायो……..

5 मिनेट
===================================================
जब प्रधानमन्त्री ओलीले बोल्न माइक तान्नुभयो । बालबालिका र अधिकारकर्मीलाई सम्बोधन गर्नुभयो । तब उहाँको आवाज टक्क रोकियो, निकैबेर उहाँको गला अबरुद्ध भयो । भर्खरै सुन्नुभएको बालश्रमिकको पीडाको आवाजले मन निकै गहुंगो बनायो । उहाँको आँखा रसायो । रुमाल निकालेर आँसु पुछ्दै नजिकै रहनु भएकी पत्नी राधिकालाई केही बोलिदिन आग्रह गर्नुभयो । उहाँ पनि भावुक बन्नु भएको थियो । उहाँको आँखा पनि रसाईरहेका थिए । उहाँको पनि अवाज निस्किएन । अगाडि रहेका बालबालिका र अधिकारकर्मी धरैका आँखा त्यसैगरि रसाए ।
===================================================
भक्तपुर, २९ जेठ : प्रधानमन्त्री निवास बालुवाटारको सभाकक्ष । मञ्चपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र बाँयातर्फ प्रथम महिला राधिका शाक्य । अगाडि लहरै बसेको बालश्रमिक र बालअधिकारकर्मीहरु ।
अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसर पारेर समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) ले बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्रीलाई बालश्रमिकको चिठी हस्तान्तरण कार्यक्रममा १९ जना बालबालिकाको भोगाई र पीडाले भरिएका पत्रहरु वाचन भए ।  झण्डै एक घण्टा इँटाभट्टादेखि यातायात मजदुरसम्म, घरेलु बालश्रमदेखि जोखिमपूर्ण श्रममा लागेका बालश्रमिकहरुले आफ्ना बालापनमा भोगेका कठिन र यथार्थ भोगाई समेटिएको पत्र वाचन गर्दै बालश्रम अन्त्यका लागि राज्यबाट पलाएको आशा राखिरहेका थिए ।
कार्यक्रममा उदयपुरबाट भक्तपुरको इँटाभट्टामा काम गर्दै सूर्यविनायक नगरपालिका–८ जगातिमा बस्दै नजिकैको गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा पुष्पा मगरले आफूले भोगेका श्रमका कथाहरुलाई वाचन गर्नुभयो । प्रधानमन्त्री सुनेर स्तब्ध हुनुभयो ।
जब प्रधानमन्त्री ओलीले बोल्न माइक तान्नुभयो । बालबालिका र अधिकारकर्मीलाई सम्बोधन गर्नुभयो । तब उहाँको आवाज टक्क रोकियो, निकैबेर उहाँको गला अबरुद्ध भयो । भर्खरै सुन्नुभएको बालश्रमिकको पीडाको आवाजले मन निकै गहुंगो बनायो । उहाँको आँखा रसायो । रुमाल निकालेर आँसु पुछ्दै नजिकै रहनु भएकी पत्नी राधिकालाई केही बोलिदिन आग्रह गर्नुभयो । उहाँ पनि भावुक बन्नु भएको थियो । उहाँको आँखा पनि रसाईरहेका थिए । उहाँको पनि अवाज निस्किएन । अगाडि रहेका बालबालिका र अधिकारकर्मी धरैका आँखा त्यसैगरि रसाए ।
निकैबेर भावुक बन्नुभएका प्रधानमन्त्रीले भन्नुभयो, “मलाई सबभन्दा बढी माया बालबालिकाको लाग्छ, बालबालिकाले दुःख पाएको देख्न सक्दिन, सुन्न पनि सक्दिन, बालबालिका सधै हाँसीखुसी रहनु भन्ने लाग्छ । दुःख कहिल्य नपाउँन भन्ने लाग्छ । जीवनमा मैले कहिले बालबालिकालाई एक पटक पनि कुटेको छैन, एक शब्द गाली गरेको छैन, बालबालिकालाई रुवाउन होइन, बरु रोएकालाई हसाउन खाज्छु ।”
सामन्तवाद र शोषण गरेर गरिब बनाएको हाम्रो देशका जनताले समाज कस्तो थियो, अधिकार के हो थाहा पाउन र प्रधानमन्त्री वा मन्त्रीलाई भेट्न पनि नसक्ने अबस्थामा अहिले लोकतन्त्रमा यसरी बालबालिका आफ्नो देशको प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न सक्ने अबस्थामा पुग्नु, आफूमाथि शोषण भएको, हिंसा भएको थाहा पाउँनु खुसीको कुरा भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो श्रीमति पनि बालश्रम गरेै पढेको बताउदै बिकास र बालबालिकाको अधिकारका लागि अहिलेको सरकारले काम गरिरहेको बताउनुभयो । विगत १० वर्ष अगाडि आफू प्रधानमन्त्री हुँदा सडकभरी बालबालिका कुकुरसंगै सुतेको, कुकुरसंगै बसेर खाएको, कुकुरसंगै झगडा गरेको देखेर निकै पिडा भएपछि सडकबाट बालबालिका उठाएर खाने, बस्ने, शिक्षादीक्षाको व्यबस्था गरेको बताउनुभयो । उहाँले २० प्रतिशत जनता अझै पनि गरिब रहेको र प्रत्येक १०० जनामा एक जना बालबालिका गरिब रहेको बताउदै उहाँले बालश्रम न्यूनिकरणका लागि स्पष्ट रुपमा लागिरहेको बताउनुभयो ।
संविधानमा मौलिक हकमै बालबालिकाको अधिकारलाई संविधानमै सुरक्षित रुपमा व्यबस्था गरेको बताउदै उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई बालश्रम निषेध गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिने बताउनुभयो ।  प्रधानमन्त्री ओलीले आफूले हुम्ला, मुगुलगायत बिभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको बताउदै उहाँले देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा आफू लागिरहेको बताउनुभयो ।  सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागि रहेको बताउदै उहाँले यस्ता बालबालिकालई तीनतहकै सरकारले आफ्ना ठाउँमा रहेका यस्ता बालबालिकालाई खने, बस्ने, लाउँने शिक्षाको अबसर दिनगरि अगाडि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्रीलाई पत्र भन्दै १९ बालबालिकाले लेखेका पत्रमा फरक श्रमका फरक भोगाईलाई पत्रमार्फत उल्लेख गरिएको थियो । सिन्धुपाल्चोक मेलम्ची घरभई एउटा संस्थामा आश्रय लिइरहनु भएकी १५ वर्षीया जुनु दाहाल, मकवानपुर घरभई काठमाडौंमा एक संस्थामा बस्दै आएकी पुष्पा श्रेष्ठ, १३ वर्षीया सुस्मिता घले, १५ वर्षीया रञ्जु पनेरु, १५ वर्षीय कृष्ण साह, १३ वर्षीय युवराज मगर, १२ वर्षीय सुविन वाईवा, १६ वर्षीय अमित पहरी, १३ वर्षको समिर पौडेल, १३ वर्षीय राजेश गोले, १५ वर्षीय सर्मिला थिङ्ग, ९ वर्षीय सुवास वाईबा, १६ वर्षीय पेम्नुरी शेर्पा, १५ वर्षीय रेखा परियार, १६ वर्षीय सञ्जित गुरुङ्ग, १५ वर्षीय मेनुका परियार, १३ वषीृय निसन दर्जीले श्रमका पीडालाई पत्रमा उतार्दै प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो ।कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले प्रधानमन्त्री ओलीलाई ११ लाख बालबालिका देशका बिभिन्न क्षेत्रमा बालश्रममा ।हको र त्यसमध्ये दईलाख बालबालिका निक्रिष्ट प्रकारको जोखिमपूर्ण बालश्रममा रहेको बताउनुभयो । बालश्रम न्यूनकिरणमा सरकारले संशोधन गर्न लागेको ऐनलाई लागू गर्नु पर्ने उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।