हामीसँग जोडिनुहोस

सूर्यविनायकको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित 

1 मिनेट
भक्तपुर, ९ असार : सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२÷०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ । आज सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो ।
नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान तथा सशर्त अनुदान गरि जम्मा ७१ करोड १९ लाख ३१ हजार ३१६ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान रु. ६० करोड २९ लाख ४८ हजार ७०८ रुपैया र आन्तरिक स्रोतबाट ९३ करोड ५१ लाख १९ हजार ९७५ रुपैयाँको बजेट पारित गरेको छ ।
आर्थिक विकास तर्फ रु. २५ करोड १५ लाख ५० हजार, सामाजिक विकास तर्फ रु. ३३ करोड १२ लाख ५० हजार, पूर्वाधार विकास तर्फ रु. ४६ करोड ११ लाख, वन, वातावरण, विपद् तथा सरसफाई ब्यवस्थापन तर्फ रु. १५ करोड ७ लाख, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र तर्फ रु. २५ करोड ४५ हजार कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु. ३६ करोड १० लाख २० हजार बजेट नगरसभाले पारित गरेको छ ।
सूर्यविनायक नगर अस्पतालका लागि ५० शययाको नगर अस्पताल सञ्चालनको लागि रु. १७ करोड ९५ लाख बजेट पारित गरेको छ । नगरसभामा नगर प्रमुख बासुदेव थापाले पेश गर्नु भएको नीति तथा कार्यक्रम, विभिन्न विषयगत सयोजकहरुले पेश गर्नु भएको बिभिन्न शिर्षकका विधेयकहरु नगरसभाले पारित गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।