हामीसँग जोडिनुहोस

चाँगुकाे नगर सभाकाे संघारमा मेयरलाई २५ वुँदे ज्ञापनपत्र 

2 मिनेट
भक्तपुर । चाँगुनारायण नगरपालिकाकाे नगर सभाकाे संघारमा २५ वुँदे ज्ञापन पत्र बुझाइएको छ ।  आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेकाे नगरपालिकाकाे सत्राैं नगर सभाकाे संघारमा नेमकिपा चाँगुनारायण समितिले ज्ञापन पत्र बुझाएको हाे । पालिकाकाे सभा १० गते हुँदैछ ।
नेमकिपा चाँगुनारायणका अध्यक्ष न्हुच्छेभक्त फाेँजुकाे नेतृत्वमा गएको प्रमण्डलले नगर प्रमुख जीवन खत्रीलाई ज्ञापन पत्र बुझाउँदै पार्टीले प्रस्ताव गरेका नीति तथा याेजनाहरू समावेश गर्न माग गरे । पार्टीले चाँगुनारायण नगरवासीहरुको चाहना, आवश्यकता, अपेक्षा र प्राथमिकतालाई ध्यानमा राखी नगरपालिकाको समुन्नत विकासमा केन्द्रित भई आवश्यक बजेट समेतको व्यवस्थापन गर्न अनुरोध गरेकाे नेपाल मजदुर किसान पार्टी चाँगुनारायणका अध्यक्ष फाेँजुले जानकारी दिए ।
पार्टीले बुझाएको ज्ञापन पत्रका बुँदाहरूमा एक घर : एक रोजगारको व्यवस्था गर्न, प्रत्येक वडामा घरदैलो नर्सिङ्ग सेवाको व्यवस्था गर्न, कृषिमा आत्मनिर्भर बनाउन कृषकहरुलाई आवश्यक मल खाद, बीउविजन, किटनाशक औषधि, कृषि औजारहरु उपलब्ध गराउनुका साथै तालिमको व्यवस्था गर्न, ५८ वर्ष उमेर पुगेका किसानहरुलाई परिचयपत्र वितरणका साथै निवृत्तिभरणको व्यवस्था गर्न, घर र संघ-संस्थाबाट निस्किने फोहोर मैलाको व्यवस्थापन गर्न प्राङ्गारिक मल उत्पादन गरी किसानहरुलाई सस्तो र सुलभ तवरबाट वितरण गर्न, वडाको ठाउँ-ठाउँमा उपचार पोखरी सहितको ढल निकासको बन्दोबस्त गर्न नगर प्रमुखको ध्यानाकर्षण गरेको छ ।
प्रमण्डलले जेष्ठ नागरिकहरुको सम्मानको लागि प्रत्येक वडामा आदरनिकेतनको व्यवस्था गर्न, वालवालिकाहरुको लागि प्रत्येक वडामा शिशुशाला र बालउद्यानको व्यवस्था गर्न, आधारभूत विद्यालय र माध्यमिक विद्यालयमा कम्प्युटर सहायकको दरबन्दी दिन, ५० वर्ष उमेर पुगेका एकल महिला तथा पुरुष र विधुर सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न, ५० वर्ष उमेर पुगेका सम्बन्ध विक्षेद भएका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गर्न, १ करोडसम्मको विकास बजेट उपभोक्ता समिति मार्फत पेश्की रकम सहित गर्न, अवैध रुपमा सञ्चालित प्लटिङ्ग कार्य बन्द गरी नगरपालिकाबाट आवश्यकता अनुसारको नगरविकास आयोजना सञ्चालन गर्नसमेत ध्यानाकर्षण गरेको छ ।
यसैगरी स्थानीयलाई रोजगारको व्यवस्थापन गर्न घरेलु उद्योग, कुटिर उद्योग तथा साना उद्योग सञ्चालन गर्न, प्रत्येक विद्यालयमा खेलकुद सामाग्री सहित खेलकुद मैदान, खेलकुद, गीत, सङ्गीत तथा चित्रकला शिक्षकको व्यवस्थापन गर्न, निर्धारित समयमा काम सम्पन्न नगरिएका ठेकेदारहरुको अनुमतिपत्र रद्ध गर्नुका साथै पेश्की र हर्जना समेत असुल उपर गर्न, भू-माफिया लगायत अन्यको कब्जामा रहेको सार्वजनिक जग्गा, सार्वजनिक पोखरी, पाटीपौवा, मठमन्दिर फिर्ता गरी संरक्षण गर्न, स्वास्थ्य वीमा निःशुल्क गर्न, निःशुल्क गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सुविधाको सुनिश्चितता गर्न, दलित, महिला, युवा तथा अल्पसङ्ख्यक लक्षित कार्यक्रमहरु ल्याउन, चा.न.पा.५ को रातोपाटी, चा.न.पा. ३ र २ को खासाङ्ग खुसुङ खोला, चा.न.पा. ३ को महादेव खोला, चा.न.पा. ७, ८ र ९ को घट्टेखोला र चा.न.पा. ५ को तव्याखुसी लगायत अन्य खहरेखोलामा व्यवस्थित कोरिडोर निर्माण कार्य थालनी गर्न, पाँचलाख रूपैयाँसम्म चारित्रिक प्रमाणपत्र धितो लिई उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई न्यून प्रतिशत व्याजमा शैक्षिक ऋण प्रदान गर्न, नेपाल इन्जिनियरिङ्ग कलेज चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालन गर्न, प्रत्येक वडाका खुल्ला क्षेत्रमा खुल्ला व्यायामशाला स्थापना गर्न र प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्नुका साथै नगरपालिकाको पूर्वी क्षेत्रमा नगर अस्पतालको शाखा विस्तार गर्न नगर प्रमुख खत्रीको ध्यानाकर्षण गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खत्रीले नेमकिपाकाे २५ बुँदे ज्ञापनपत्र नगरकाे नीति तथा कार्यक्रमका लागि मार्गदर्शन गर्ने प्रकृतिको भएकाले ती विषयलाई प्राथमिकता दिने प्रतिवद्दता जनाए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।