हामीसँग जोडिनुहोस
Latest
आइतवार, असार २२, २०८२

चाँगुनारायण मन्दिरमा नगर प्रमुख जीवन खत्रीद्धारा कलाकारलाई क्यान्भास हस्तान्तरण

4 मिनेट

भक्तपुर, २१ असार : नगरकोट भ्रमण वर्षका अवसरमा आज वश्व सम्पदा सूर्चीँमा सुचिकृत चाँगुनारायण मन्दिरमा आयोजना गरिएको एक दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको कार्यशालाको आज नगर प्रमुख जीवन खत्रीले क्यान्भास हस्तान्तरण गर्नु भएको थियो ।

नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको उहाँले बताउनुभयो ।

पर्यटकको आगमन बृद्धि गराउने मूल उदेश्यले आयोजना गरेको भ्रमण वर्ष अन्तर्गतकै चित्रकला कार्यशालाले पर्यटकलाई आकर्षित गर्ने उहाँले बताउनुभयो ।
भ्रमण वर्षलाई सबैले अपनत्व ग्रहण गर्ने गरि कार्यशालाको आयोजना गरेको बताउदै उहाँले चाँगुनारायण नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिसंगै पर्यटनलाई विकासको मूल आधार बनाउने गरि अगाडि बढेको उहाँले बताउनुभयो ।

चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व माफ फैलाउन अझै पछाडि परेको अबस्थामा नगरपालिकाले भ्रमण वर्षको आयोजनाले पर्यटकीय गन्तव्यलाई बढाउदै पर्यटकीय बसाईलाई लम्ब्याउने विश्वास गर्न सकिने उहाँले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकालाई सम्बृद्ध, विकासको आधारशिला खडा गर्दै अभिलेखीकरण गर्ने र दस्तावज राख्ने कार्यलाई अगाडि बढाउदै चाँगुनारायणको सम्पूर्ण क्षेत्र मेरो पनि हो, हामी सबैको हो भन्दै अगाडि बढाउनु पर्ने औल्याउनु भयो ।  उहाँले २०८२ भित्र सबै नागरिकलाई जुटाएर बिभिन्न क्षेत्रको विकासमा अगाडि बढाएको बताउदै उहाँले चाँगुनारायणलाई विश्व माझ सबैको सुन्दर बगैचाको बनाएर इतिहासदेखि भविश्यसम्मकै पहिचान बनाउन कला र साहित्य सम्मेलन गरेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “समाजमा विकास र स्थानीयको मुहारमा मुस्कान ल्याउँदै सकारात्मक सोचका रुपमा अगाडि बढाउन हामी लागिरहेका छौँ । आज क्यान्भासमा साहित्लाई उतार्दै कला र साहित्यको फ्युजन गरिरहेका छौं ।” समाजमा केही भएकै छैन, केही गरेकै छैनन् भन्ने भाष्यलाई चिर्दै नगरपालिका अगाडि बढिरहेको बताउदै नगर प्रमुख खत्रीले आमनागरिकलाई सकारात्मक सन्देश फैलाउने गरि अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले चाँगुनारायण मन्दिर परिषरमा भएको चित्रकला कार्यशालाले यहाँको पहिचानलाई विश्वमाझ फैलाउने बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्षले चाँगुनारायणका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्वमाझ पुर्याउने बताउदै ओझेलमा परेका सम्पदालाई आम नागरिक र पर्यटक माझ पुग्ने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकास लागि नगरपालिका क्रियासिल रहेको समेत बताउनुभयो ।

कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयका सदस्य सचिव एवं पर्यटन शाखाका प्रमुख गोविन्द कट्टेलले २३ जना कलाकारले चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका सम्पदाहरुलाई क्यान्भासमा उतारेको बताउनुभयो ।

कलाकारले बनाएका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको चित्रलाई नगरपालिकालले अपनत्व ग्रहण गर्दै संग्रहालयका रुपमा बिकास गर्ने बताउनुभयो ।
कार्यशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त चित्रकार अर्थात कलाकारहरुले चाँगुनारायण नगरक्षेत्रको २३ वटा प्रसिद्ध धार्मिक एवं पर्यटकीय सम्पदाहरु चित्र क्यान्भासमा उतार्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।