हामीसँग जोडिनुहोस

निर्वाचित भएको दिनदेखि दिनरात नभनी नगरवासीका सम्बृद्धि निरन्तर जोडिएको छु : चाँगुनारायणका नगर प्रमुख जीवन खत्री

13 मिनेट

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले निर्वाचित भएको दिनदेखि दिनरात नभनी नगरवासीका सम्बृद्धि निरन्तर जोडिएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजना तथा चाँगुनारायण नगरपालिकाको समन्वयमा नगरकोटमा शनिवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा आफू निर्वाचित हुँदा नगरवासीसंग गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर लागिरहेको बताउनु भएके हो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा गरेको प्रतिबद्धता कति पुरा भए, यो तीन वर्षका अबधीमा भएका कामहरु के के हुन्, पत्रकारहरुले खोजेर वा सोधेरे नागरिकलाई जानकारी दिनु पत्रकारको कर्तव्य हो । समाज विकास र रुपान्तणमा सकारात्मक भूमिका निर्वाह गर्न पत्रकारहरुको भरोसा र साथ सहयागको अपेक्षा जनप्रतिनिधिले गरेरिहकै हुन्छ । समाजमा भएका बिकृति बिसंगतिलाई खबरदारी गर्ने र राम्रा कामलाई उजागर गर्ने संचारकर्मी लागिरहनु पर्छ ।” आमनागरिकको आवश्कतालाई बैधानिक रुपले कार्यान्वयनमा अगाडि बढाएरसबैको अपनत्व हुने गरि बिकास र सम्बृद्धिमा लैजादै नगरवासीलाई कसरी सबै काममा समेट्न सक्छौँ भनेर काम गरिरहेको उहाँको भनाई थियो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष मार्फत हामीले हिजो गरेका प्रतिबद्धता, भरोसा र सम्बृद्धिमा लैजाने यात्रामा सबैलाईसंगसंगै हातेमालो गर्दै संकल्पका साथ खाका तयार पारेर अगाडि बढेका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपक्षी, वातावरण, सरफाई सबै क्षेत्रलाई समेटेर कहीँ कतै विभेद नगरी विकास निर्माणमा जुटिरहेका छौ ।” सिमित श्रोत र साधनका बाबजुत पनि जनप्रतिनिधिले गरेका सबै विषयका कामलाई समाजमा पुर्याएर सामाजिक अपनत्व हुने गरि पत्रकारले कलम चलाउन जरुरी रहेको औल्याउँदै उहाँले जनप्रतिनिधिले कतै बाटो बिराउन खोजे पत्रकारले खबरदारी गरेर उपयुक्त बाटो देखाउनु पर्ने बताउनुभयो ।

जनसुकै पार्टी व पक्षकालाई समेटेर सबै ठाउँको अपनत्व हुने गरि काम गरेको बताउदै उहाँले कसैप्रति पनि रिस, आवेश, तुष नराखी नगरवासीका सेवकका रुपमा हौ, संस्थागत काम गरिरहेको उहाँले बताउनुभयो । आफ्नो तीन वर्षको कार्यकालको समिक्षा गर्ने हो भने दिन बत्ने बताउदै उहाँले १२ वर्षपछि खोलो फर्कन्छ भन्ने उखान नगरकोटको सडकको सन्दर्भमा लागू भएको चर्चा गर्नुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “१२ वर्षपछि खोलो फर्कन्छ भन्छन्, नगरकाट सडक निर्माणमा त्यस्तै भएको छ । भर्खरको कलिलो नगरपालिकाले संघीय सरकारले पुरा गराउन नसकेको भक्तपुर नगरकोटको १७ किलोमिटर सडक कालोपत्र गरेर देखाएका छाँै । मेरो लागि सबै भन्दा धेरै गर्व यो सडकले पूर्ण रुपमा कालोपत्र भएको दिन हुनेछ । यहाँका सबै राजनीतिक दल, स्थानीयवासी र पत्रकारले यो सडक कालोपत्र भएको हेर्न चाहनु भएको थियो, त्यो पुरा भइरहेको छ ।”

शिक्षाको क्षेमा पनि धेरै काम गरेको बताउदै उहाँले शिक्षण सेवा सहायता कार्यक्रम लागू गरेको, विद्यार्थीका लागि पूर्ण रुपमा निःशुल्क दिवा खाजाको व्यबस्था गरेको, निःशुल्क रगत वितरण चाँगुनारायणबाट सुरु गरेको चर्चा गर्दै उहाँले चाँगुनारायणले सुरु गरेको काम अरु नगरपालिकाले पनि अनुशरण गरेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा २४ सै घण्टा सेवा सुचारु गरेको बताउदै एउटा सिटामोल किन्न परे पनि भक्तपुर आउनु पर्ने बाध्यतालाई चिर्दै चाँगुनारायण अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गरेपछि अहिले दैनिक ३०० देखि ४०० भन्दा बढी विरामी आउन थालेको बताउनुभयो । क्षेत्रफल बढाउँदै अस्पतालको नयाँ भवन निर्माण गर्ने बताउदै उहाँले
नगरपालिकाले अनुत्पादित क्षेत्रमा कुनै पनि खर्च नगरेको बताउदै नागरिकलाई जोडेर नागरिककै लागि लक्षित गरि बजेट व्यबस्थापन गरेको, शिक्षा, स्वास्थ्य, कृषिलाई व्यबस्थापन गरेको बजेट कार्यक्रमबारे पनि सञ्चारकर्मीले कलम चलाउनु पर्ने उहाँले बताउनुभयो ।  अस्पतालमा नगरवासीलाई धेरै सेवाहरु निःशुल्क दिन थालेको बताउदै उहाँले संघीय सरकारले सहयोग र समन्वय गरेमा नगरवासीलाई सबै सेवा निःशुल्क सेवा दिन सक्ने बताउनुभयो । यसवर्ष जिल्लाकै मन्त्री भएकाले अस्पताललाई एक बरोड बजेट हालिदिएकाले सेवा प्रवाहमा निकै सजिलो भएको बताउनुभयो ।

नगर प्रमख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिका भक्तपुरका चारपालिका मध्ये कार्यक्षेत्रमा ठूलो छ । तर साधन श्रोत कम छ । चार वटा नगरपालिका मध्ये हामीले गरेका काम हेर्नुस् अरु नगरपालिकाको बजेट र कामलाई कम्पायर गनुस् । हामी कहाँ चुकेका छौ हेर्नुस् । अनि समाचार लेख्नस्, हामीले कति धरै काम गरेका छौँ ।” केही भएकौ छैन, केही गरेकै छैन भन्ने भाष्य अहिले निर्माण भइरहेको भन्दै उहाँले यसलाई चिर्न सामाजिक बहस चलाउनु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाललाई स्वर्णीम कार्यकालको रुपमा लिएर जादैछौँ । त्यसका लागि हामीले निःस्वार्थ भावनाले काम गरिरहेका छौँ । नगरवासीले गौरब गर्ने गरि काम गरिरहेका छौँ । व्यक्तिगत स्वार्थका काम नगरेकै कारण त्यस्ता व्यक्तिहरुले केही गरेन भन्ने भाष्य निर्माण गर्दैछन् । व्यक्तिगत स्वार्थ राखेर होइन, सामुहिक हितका काम लिएर नगरपालिका आउनेको काम नभएको भन्ने छैन ।”

पत्रकारले पनि समाजलाई बैराग्य बनाउने, समाज नै निराशा बनाउने सूचना र समाचार दिन हुदैन भन्दै उहाँले यसले हामी पछिका पुस्तालाई समेत समस्याहरुमा रुमलिनु पर्ने अबस्था आउन सक्ने तर्फ सेचत हुनुपर्ने औल्याउनुभयो । नगरकोट भ्रमण वर्षले सबैलाई जुटाउएको उहाँको भनाइ थियो । सरसफाईमा पनि नगरपालिका अगाडि बढेको चर्चा गर्दै उहाँले दुवाकोटमा १२४ हप्तासम्म पुगिसकेको सरसफाई अभियान नगरपालिकाकै नमूना सरसफाई बनेको बताउनुभयो ।

भक्तपुर नगरकोट सडकको सन्दर्भ पुनः काट्याउँदै उहाँले राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयले पटक पटक सरकारलाई दबाब दिएकै कारण भक्तपुर नगरकोट सडक नगरपालिकाको आन्तरिक श्रोतबाट निर्माण गर्न सम्भव भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर नगरकोट सडक ठेक्का अझै दुई वर्षसम्म तोडिदैनथ्यो । हामीले नै प्रधानमन्त्रीदेखि भौतिक पूर्वाधार मन्त्रीसम्म, पटक पटक सम्बन्धित क्षेत्रमा गएर दबाब दिएका कारण ठेक्का तोडिएको हो । हामीले हिम्मत गरेर कालोपत्र गरेका छौँ । केन्द्रीय सरकार र बजेटको भर परेको भए यो सडकको मुद्धा टुङ्गिने कहिले, ठेक्का लाग्ने कहिले ः कालोपत्र हुने कहिले ? हाम्रो कार्यकालमा पनि हुदैनथ्यो तर नागरिकको भरोसा र बिश्वास नतोडियोस भनेर हामीले हिम्मत गरेर कालोपत्र गरेका हौ ।”

सबैले ऐन, नियम र कानून सम्मत पालना गर्ने हो र व्यक्तिगत स्वार्थ त्योगेर सबै मिलेर बनाउने हो भने नेपाल स्वीजरल्याण्ड बन्न धरै गाह्रो छैन भन्दै उहाँले बालकदेखि युवा, जेष्ठ नागरिकसम्मलाई चलायमान बनाएर सकारात्मक भावना जगाउने गरि काम गरिरहेको उहाँले बताउनभयो । चाँगुनारायण नगरपालिका क्षेत्रको सबै वडा र समग्र क्षेत्रको विकासका लागि नै नगरपालिकाले नगरकोट भ्रमण वर्षको आयोजना गरेको बताउदै यसले पर्यटकको आगमन बढाउने मात्रै नभई विकासमा नयाँ आयाम नथप्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिदै नगर प्रमुख खत्रीले महादेव खोला बहुआयामिक परियोजना कार्यक्रम लागू गर्न योजना आयोगले बजेट सुनिश्चिताका लागि खानेपानी मन्त्रालय हुदै अर्थ मन्त्रालयसम्म फाइल पुर्याएको बताउनुभयो । उहाँले सरकारले सत् प्रतिशत रुपमा शद्ध खानेपानी उपलब्ध गराउने यस आयोजना सम्पन्न गराउन जनप्रतिनिधि लागिरहेकको बताउदै यसका लागि ६ अर्ब ५० करोडको डिपिआर तयार पारेर पेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना संघीय सरकारबाट छुटेको छ । सबै प्रक्रिया पु्र्याएर संघीय सरकारमा पुर्याएको हो । यो आयोजना निर्माण गर्न सके यसैबाट शुद्ध खानेपानी, सिंचाई, विद्युत समेत उत्पादन गर्ने गरि परियाजना निर्माण गरेका छौ ।”

महादेव पोखरी संरक्षणका लागि त्यहाँका ऐतिहासिक विषय समेट्न लागिरहेको बताउदै उहाँले लक्ष्य अनुसारको योजना प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।
यहाँका चराचुरुङ्गी, पशुपंक्षीको संरक्षणमा समेत लागेको बताउदै खोलाको संरक्षण गर्दै ताथली र बागेश्वरीका खोलामा करिडोर निर्माण अगाडि बढाएको बताउनुभयो ।
नगरकोट भ्रमण वर्षमा कुनै पनि सार्वजनिक जग्गामा बृक्षारोापण गर्ने अभियानका रुपमा लिएर आएको भन्दै नगरपालिकाले प्रस्तावित र घोषणा गरेका योजनाहरु निर्माणका लागि कार्ययाजना अगाडि बढाएको बताउनुभयो । उहाँले एक लाख बिरुवा आउँदो साउन महिना भित्र बृक्षारोपाण गर्न अभियान सुरु गरेको भन्दै त्यस अभियानमा सबैले साथ आवश्यक रहेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “कृषिका सन्दर्भमा विशेष गरि तरकारी खेतीमा विषादीको अत्याधिक प्रयोग भएको पाईएको छ, यसका कारण क्यान्सर रोग दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता लागेको छ । कृषिलाई विषादीरहित बनाउन नगरपालिकाले विशेष योजना ल्याउने छ । प्राड्गारिक मल, जैविक मलको प्रयोग गर्न स्थानीलाई नगरपलिकाले उत्प्रेरित गरपनि १० औ, २० औ रोपनीमा व्यवसायीक तरकारी उत्पादन गर्नेहरुलाई समेत विषादी प्रयोगमा रोक लगाउदै ज्रविक प्रबिधिमा जान नगरपालिका लाग्नेछ ।”
इँटा भट्टाहरुलाई पनि बायु प्रदुषण न्यूनिकरण गर्न व्यवसायीलाई ताकेता गरिरहेका बताउदै उहाँले इँटा व्यबसयाीलाई प्रबिधि मैत्री ढंगले सञ्चालन गर्न वा स्थानान्तरण गर्न त्यसो गर्न नसके बन्द गर्न आग्रह गरेको बताउनुभयो ।

पर्ति जग्गा संरक्षण गर्न नगरपालिका लागिरहेको औल्याउँदै उहाँले स्थानीयले पनि अपनत्व लिएर त्यसलाई संरक्षण गर्न लाग्नु पर्नेमा जोड दिनुभयो । बिभिन्न व्यक्तिले कब्जा गरेका १२ ठाउँका पर्ति जग्गालाई सार्वजनिक हितका लागि प्रयोगमा ल्याईसकेको बताउदै उहाँले जग्गा प्लानिङ गर्नेहरुलाई कुनै हालतमा पर्ति जग्गा हडप्न नदिने तर कसैले बदमासी गरेको पाईएमा कानून अनुसार दण्डित गरिने प्रष्ट पार्नुभयो ।

शिक्षक, शिक्षा सहायेता लागू गरेर गुणस्तीय शिक्षा लागू गर्दै विद्यार्थीको शैक्षिक उपलब्धी हासिल गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याएको बताउदै उहाँले पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढोस भनर बचत खाता छोरीको सुरक्षा जीवन भरिको निरन्तरता दिदै छोरा र छोरीकै वचत खाता सुरक्षा जीवन भरिको कार्यक्रम ल्याएको बताउनुभयो । आधारभूत शिक्षाका लागि नेपाल भरिबाट आएर नगरपालिका भित्र बसेका कसैले आधाभूत शिक्षाबाट बञ्चित हनु नपरोस भनेर नगरपालिकाले कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको र वडा शिक्षा समिति समेत गठन गरेर अगाडि बढेको बताउनुभयो ।

विकासमा चाँगुनाायणले निकै फड्को मारेको छ : उपप्रमुख रमेश बुढाथोकी

नगरपालिकाका उपप्रमख रमेश बुढाथोकी नगरपालिकामा एउटा पार्टीको घोषणा पत्र मात्रै नभई सबै पार्टीका घोषणा पत्रलाई ऐन कानून र नियममा बसेर समेट्ने प्रयास गर्दै नगरपालिकाका हरेक क्षेत्रको विकासमा लागेको बताउनु भएको छ ।  उहाँले भन्नुभयो, “हामी नर्विाचित भएर आएपछि चाँगुनारायण नगरपालिकाले समग्र विकासको क्षेत्रमा धेरै राम्रो र सभ्य रुपमा फ्डको मारेको छ । हामीले अस्पतालमा निःशुल्क उपचार सेवा सञ्चालनमा ल्याएका छौँ, निःहुल्क अक्सिजनको व्यबस्था गरेका छौँ, उपचारका लागि अस्पतालसम्म आउँन नसक्ने जेष्ठ नागरिकलाई घरघरमा डाक्टर लगेर स्वास्थ्य परीक्षणलगायतका सेवा दिइ रहेका छौँ । शिक्षामा सुधार गर्ने प्रयास सफल हुदै आएको छ । यसवर्ष एसइईको नतिजाले यसलाई पुष्टी गरेको छ ।”

कृषिमा कृषि बिज्ञहरुसंग छलफल गर्दै बजेट बनाउँदा नै नयाँ कुराहरु थपेर लगेका बताउदै उहाँले कुन जग्गामा के फल्छ भन्ने माटो जाँच गर्ने मेशिन माटो परीक्षण गर्ने, स्वास्थ्य, शिक्षा र कृषि जस्ता कार्यमा विकासको तिब्रगतिमा अगासड बढाएको बताउनुभयो । जनप्रतिनिधिसंग नागरिकले अपेक्षा गरेका अत्यावश्यक कुराहरु पुरा गर्दै आएका चर्चा गर्दै उपप्रमुख बुढाथोकीले न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न सफल भएको, लैडिक एवं महिला हिंसाका कुराहरु जनचेताना फैलाउने कार्यलाई घरघरसम्म पुर्याउने अभियान सञ्चालन गरेको बताउनुभयो ।

नगरकोट सडक प्रधानमन्त्रीदेखि भौतिक योजना मन्त्रीसम्मलाई पटक पटक भेटेर अनुरोध गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि अन्ततः नगरपालिका आफैले कालोपत्र सम्पन्न गर्न लागेको बताउदै उहाँले अहिलेसम्म ३० किलोमिटर भन्दा बढी सडक कालोपत्र गरेको, २५ किलो मिटर भन्दा बढी सडक ढलान गरेको बताउनुभयो ।
उपप्रमुख बुढाथोकीले भन्नुभयो, “सविधानले दिएको अधिकार र सेवाहरुलाई नागरिकको घरघरमा पुर्याउने कार्यलाई अगाडि बढाएका छौँ. । साना योजनाहरुमा धेरै पैसा छर्नु भन्दा महत्वपूर्ण र ठूला गौरबका योजना सम्पन्न गर्न यसवर्षदेखि ९० करोडको ठूलो योजनाहरु अगाडि सोरेका छौँ, अ बगौरबका योजनाहरुले विकासलाई नयाँ स्वरुपमा लैजान्छ ।”

उपप्रमुखसंग लक्षित कार्यक्रमसंग ५० लाख रुपैयाँको बजेट महिलासंगको कार्यक्रममा पहिला उपप्रमुखको तोक लगाएर बाड्ने गरेकोमा अहिले आफूले वडा वडामै बजेट पठाइदिएरप्रभावकारी काम गरेको बताउनुभयो । उहाँले प्रत्येक वडामा महिला लक्षित कार्यक्रममा आठ लाखका दरले बजेट पठाउँदा अहिले प्रत्येक वडामा महिलाहरु उद्यमी भएर आत्मनिर्भर बनेको बताउनुभयो ।

उहाँले नगरपालिका भित्रका करिब ३०० महिलाहरु महिला लक्षित कार्यक्रमबाट दिएको बजेटले प्राप्त गरेको तालिमबाटै आत्मनिर्भर हुन सफल भएको भन्दै पत्रकारले यस्त कुरालाई समाचार बनाउनु पर्ने औल्याउनुभयो । पत्रकारले व्यक्तिगत इगो राखेर वा राजनीतिक दृष्टिकोणबाट हेरेरे वास्तविकलाई बङ्ग्याएर समाचार दिने गलत प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारले सबैलाई हौसला दिने दृष्टिकोणबाट समाचार सम्प्रेषण गर्नुपर्ने औल्याउँदै मनोबल गिर्ने गरि समाचार दिन नहने तर्क राख्नुभयो । उहाँले आफूले पाउँदै आएको भत्तालगायतको रकम आफूले नलिई त्यसबाट बिभिन्न सामुदायिक विद्यालयमा पढ्ने गरिब विद्यार्थीलाई हरेक वर्ष विद्यालय पोशाक, स्टेशनरी, स्कुल ब्याग वितरण गर्दै आएको बताउदै उपप्रमुख भएपछि आफूले पाउँने सुबिधाको गाडी आफूले नलिई चाँगुनारायण नगर अस्पताललाई दिएर अस्पताल आँएन नसने जेष्ठ नागरिक, अपाङ्गलगायतलाई सेवा दिएका जस्ता सकारात्मक विषय समाचार बन्न नसकेको तर बोलेका यथार्थ कुरालाई बङ्ग्याएरु गलत सन्देश प्रवाह गर्ने कार्यमा पत्रकार लाग्न नहुने उहाँले बताउनुभयो ।

सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिदै उपप्रमुख बढाथोकीले महादेव पोखरीको फोहोर सफला गर्न लागिरहेको बताउदै यसक्षेत्रमा बृक्षारोपण गरेर समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले सामुदायिक शिक्षाकाबारेमा बोल्दै नगरपालिकाले को बाहिरबाट आएके र को नगरभित्रकै हो भनेर कहिले नहेरेको र कसैलाई पनि विभेद नगरेको प्रष्ट पार्नुभयो । उहाँले ८५ प्रतिशत भन्दा बढी बाहिरबाट आएर बसेकाहरु विद्यार्थीहरु सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको बताउदै नगरपालिकाले आथिक अबस्था कमजोर भएका विद्यार्थीलाई ३० लाखको छात्रबृत्तिको व्यबस्था गरेको बताउनुभयो ।

नगरपालिकाले यसवर्ष पनि त्यस्ता विद्यार्थीका लागि छात्रबृत्तिको व्यबस्था गरेको उहाँले बताउनुभयो । शिक्षामा विगतमा धेरै कमजोर भएका यस नगरपालिका अहिले नगरपालिका भित्रका सामुदायिक विद्यालयबाटै चार जिपिए ल्याउने र ३६ जनाले ए प्लस ल्याएर शिक्षा क्षेत्रको गुणस्तरमा फड्को मारेको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकासका कामलाई निरन्तरता दिने बताउदै इँटा भटमा काम गर्ने मजदुरका एकै परिवारका सात जना छोरीलाई सहयोग गर्नुका साथै त्यस्ता विद्यार्थीहरुलाई विद्यालय पोशाक, कापी, कलमको समेत व्यबस्था गरिदिएको बताउनुभयो ।

स्थानीय तह नागरिकका घरदैलोमै नजिकबाट भेटिने सरकार : प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले संविधानकै धारा ५६ ले निर्धारण गरेको संघ, प्रदेश र स्थानीय तहको तीन तहको राज्यका संरचनाले जनतााको सेवा स्थानीयस्तरमै गर्ने गरि व्यबस्था गरेको बताउनु भएको छ ।

स्थानीय तह नागरिकका घरदैलोमै नजिकबाट भेटिने सरकार भएकाले संघीय सरकारको बाटो बिग्रिएपनि नागरिकले स्थानीय सरकारलाई खोज्ने उदाहरण भक्तपुर नगरकोट सडकले देखाएको बताउनुभयो । नागरिकको अपेक्षा स्थानीय सरकारसंग चुलिएको बताउदै उहाँले स्थानीय सरकारले नागरिकको अपेक्षालाई सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यको चौथो अंग पत्रकारले राज्यले गरेको काम प्रभावकारी छ कि छैन, नागरिकको चाहना कतिको सम्बोधन भएको छ, भन्नेबारेमा जानकारी राख्ने र नभए घचघच्याउने दायित्व हो । पत्रकारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।” उहाँले जनप्रतिनिधि आएको तीन वर्षमा धेरै उपलब्धी हासिल गरेको बताउदै नगरपालिकाले गौरबका ठूला आयोजनाहरु गरेको, नगरकोट भ्रमण वर्ष आयोजना गरेकाले त्यसलाई प्रचारका रुपमा आमनागरिक समक्ष पुर्याइदिन सञ्चारकर्मीले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका बताउनभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रशासन शाखाका अधिकृत सुरज पौडेलले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले गरेको तीन वर्षको उपलब्धी, विकास र कार्यक्रमहरुकाबारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघका भक्तपुर अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा कार्यक्रम सम्पन्न कार्यक्रममा सहभागिहरु कृष्ण प्रजापति, कृष्ण किसी, पेशल आचार्य, मणिराम लामिछान, लोकेन्द्र विश्वकमर्मा, अंजिरसिह बिकलगायतले बिभिन्न जिज्ञासा राख्नु भएको थियो । महासंघका उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तव्य राख्नुका साथै सहसचिव हरिसुन्दर छुँकाले कार्यक्रम सञ्चालन गर्न भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।