हामीसँग जोडिनुहोस

चाँगुनारायण नगर अस्पताल, नगरपालिका भित्रका १० वटा स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु गरी २४ जना स्वास्थ्यकर्मीलाई तालिम

3 मिनेट

भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी र स्वीस रेडक्रस को आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिकाका नगर अस्पताल,स्वास्थ्य चौकी प्रमुख तथा प्रतिनिधिहरूलाई तीन दिने मनोसामाजिक प्राथमिक उपचार तालिम आज सम्पन्न भएकोछ । स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक प्राथमिक उपचारको बारेमा ज्ञान र शीप अभिबृद्धि गर्ने उद्धेश्यका साथ सञ्चालित तालिममा चाँगुनारायण नगर अस्पताल, नगरपालिका भित्रका १० वटा स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु गरी २४ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तीन दिने प्रशिक्षणमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको परिचय, मनोसामाजिक प्राथमिक उपचारको परिचय, कष्टकर परिस्थिति तनावपूर्ण÷कष्टकर घटनाहरूमा प्रतिक्रियाहरू ज्येष्ठ नागरिकहरूको मनोसामाजिक प्राथमिक उपचारको आवश्यकता पहिचान गर्ने, घटना व्यवस्थापनमा व्यावहारिक घटनाको पहिचान (तयार गर्नुहोस्, हेर्नुहोस्, सुन्नुहोस् र लिङ्क गर्नुहोस), गम्भीर घटनाहरूको व्यवस्थापन, प्रतिक्रिया र सिफारिस ,मनोसामाजिक प्राथमिक उपचार प्रदायकको लागि आत्म–हेरचाह सुझावहरू मनोसामाजिक प्राथमिक उपचार प्रदायकको लागि आत्म–हेरचाह सुझावहरू,आत्महत्या रोकथाम ,कार्य योजनाको तयारीहरुका बोमा सैद्धान्तिक कक्षा सञ्चालन गरिएको जानकारी प्रशिक्षण संयोजक बालकृष्ण सेढाँइले बताउनु भयो ।

२०८२ असार २२ गते देखि २४ गते सम्म होटेल यचु, कमल विनायकमा सम्पन्न प्रशिक्षणको आज एक कार्यक्रमका बीच नगर प्रमुख जीवन खत्रीले समापन गर्नुभएको थियो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुदै नगरप्रमुख खत्रीज्यूले चाँगुनारायण नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीहरूमा मनोसामाजिक परामर्श सेवा समेत थप गरी जेष्ठ नागरिकहरुको सेवा सुविधा वृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले स्वास्थ्य केन्द्र तथा अस्पतालका स्वास्थ्यकर्मीहरुले विपद्को अवस्था तथा अन्य सामान्य अवस्थामा विरामीहरुको मानसिक स्वास्थ्यलाई ख्याल गरेर उपचार गर्नुपर्ने बताउनुभयो ।

शारीरीक तन्दुरुस्तीका साथै मानसिक स्वास्थ्य राम्रो भएमा मात्र मानिसले प्रभावकारी रुपमा सेवा दिन सक्ने भएकाले यस तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्यकर्मीहरुले परिवर्तनको संवाहकको रुपमा स्वस्थ्य समुदायको निर्माणमा सधै लागि पर्ने बताउनुभयो । समापन कार्यक्रममा बोल्नुहुँदै नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति श्री परशुराम पाण्डेले मनोसामाजिक प्राथमिक उपचारको महत्वकाृ बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले रेडक्रसले लामो समय देखि मनोसामाजिक प्राथमिक उपचारको क्षेत्रमा कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका मन्त्री धर्मराज कार्की,कोषाध्यक्ष प्रदीप कुमार केसी, चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ अध्यक्ष सोमप्रसाद प्रधान, चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, विपद् व्यवस्थापन इकाई प्रमुख तथा सहारा परियोजनाका संयोजक दिनेश थापा, प्रशिक्षकहरु दिपक पोखरेल, टिकाराज पौडेल, कार्यक्रम संयोजक उपमा थापाको उपस्थिति रहेको थियो । तालिमको संयोजन नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य विभागका उपनिर्देशक बालकृष्ण सेढाँइले गर्नु भएको थियो ।

चाँगुनारायण नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले स्वस्थ्य, सक्रिय , सुरक्षित र मर्यादिन जीवन यापन गर्न सकुन् र नगरपालिकालाई पहिलो उमेरमैत्री नगरपालिका बनाउने उद्धेश्यका साथ नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसंगको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सबै वडामा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत स्वस्थ्य ब्ढुयौलीका लागि सहारा परियोजना सन् २०२४ देखि २०२६ सम्मका लागि सञ्चालन गरिरहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।