हामीसँग जोडिनुहोस

विपदमा खोज तथा उद्धारकर्ता तयार, अग्रवर्ती खोज तथा उद्धार तालिम सम्पन्न

3 मिनेट
भक्तपुर, २५ असार ।  चाँगुनारायण नगरपालिकाको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं २२ गण हे.क्वा गुह्येश्वरी भक्तपुरद्वारा सञ्चालित विपद् स्वयंसेवक (अग्रवर्ती खोज तथा उद्धार ) प्रशिक्षण सम्पन्न भएकोछ । नगर प्रहरी तथा विपद् व्यवस्थापन स्वयंसेवकहरुको लागि असार २ गते बाट सशस्त्र प्रहरीबलको दुवाकोट गणमा  सञ्चालित प्रशिक्षणमा १० महिला र २२ पुरुष गरी ३२ जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षणको समापन कार्यक्रममा सहभागिहरुलाई आज एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीज्यूले प्रमाणपत्र वितरण गर्नुभयो ।  उहाँले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा  सबै सहभागिहरुलाई हार्दिक बधाई दिनुहुदै विपद् पूर्वतयारी र प्रतिकार्यमा खटिन सधै उर्जा मिलोस् भनी शुभकामना दिनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धि आवश्यक कानुनी तथा नितीगत व्यवस्था गरेको बताउनुहुदै विपद् व्यवस्थापनका लागि छुट्टै इकाईको स्थापना गरी नगर प्रहरी सहितको विपद् व्यवस्थापन टोली तयारी अवस्थामा राखेको बताउनुभयो ।
२०८१ सालको मनसुनको समयमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन टोलीले मनसुनजन्य विपद्का कारण प्रभावित स्थानमा तत्काल पुगी प्रतिकार्यको काम गरेको स्मरण गर्नुहुदै प्रतिकार्यमा साथ दिनुहुने सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनालाई पनि धन्यवाद दिनुहुदै उपप्रमुख बुढाथोकीले नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई विमा गर्नुका साथै प्रतिकार्यमा खटेको समयमा प्रदेशले तयार गरेको स्वयंसेवक परिचालन निर्देशिका बमोजिम न्यूनतम सुविधा प्रदान गर्ने कुरा पनि बताउनुभयो । आगामी बजेटमा विपद् व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरी चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाई नगरबासीलाई सुरक्षित बनाउने तर्फ नगरपालिका  लागि पर्ने बताउनुभयो ।
चाँँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले अघिल्लो वर्षबाटै नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवक टोली गठन गर्ने कार्यको शुरुवात गरेको बताउनुभयो । उँहाले नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरि सरकारी तथा गैह्र सरकारी निकाय, सुरक्षाकर्मी, राजनैतिक दल, जनप्रतिनिधिहरु तथा नागरीक समाजसंग समन्वय र सहकार्य गरि विपद् पूर्वतयारी तथा प्रतिकार्यका कामहरु गरीरहको बताउनुभयो । उहाँले स्थानीय तहहरु मध्ये विपद् व्यवस्थापन सम्बन्धि कार्य प्रभाविकारी रुपमा गर्नेमा चाँगुनारायण नगरपालिका अग्रणी स्थानमा रहेको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल दुवाकोट  गणका गणपति जनक सापकोटाले स्थानीय तह र सुरक्षा निकाय बीचको सहकार्य र समन्वयले सम्भावित विपद्को जोखिम न्यूनीकरण र प्रतिकार्य गर्न सकिने बताउनुभयो । विपद्  व्यवस्थापन तीनै तहको सरकारको जिम्मेवारी भित्र पर्ने काम भएकाले र सबै पक्षको आपसी सहयोग विना विपद् व्यवस्थापन गर्न गाह्रो पर्ने बताउनुभयो । सशस्त्र प्रहरी बलले चाँगुनारायण नगरपालिकासंग आवश्यक समन्वय र सहकार्य गर्दै आएको बताउनुहुदै स्वयंसेवकहरुलाई प्रशिक्षणको लागि नगरपालिकाल्े सशस्त्र प्रहरी बललाई जिम्मेवारी प्रदान गर्नुभएकोमा नगरपालिका प्रति कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले नगरपालिकासंगको सहकार्य र समन्वय आगामी दिनमा पनि निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर उपप्रमुख रमेश बुढाथोकीज्यूले सशस्त्र प्रहरी बल परिवारलाई सहकार्य र सहयोगको लागि कदर पत्र प्रदान गर्नु भयो भने गणपति सापकोटाले पनि उपप्रमुख रमेश बुढाथोकीज्यूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सैद्धान्तिक र व्यवहारीक ज्ञान र शिप प्रदान गरीएको प्रशिक्षणमा विपद् र यसको प्रकार, विपद्  सम्बन्धि कानुनी तथा नितीगत व्यवस्था, चाँगुनारायण नगरपालिका र विपद्को अवस्था, प्राथमिक उपचार परिचय र महत्व, घाइतेको जाँच, कृत्रिम श्वास प्रश्वास, भँचाई, घाइतेको बर्गिकरण, रक्तश्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट, विष तथा पोलाई, पानीजन्य खोज उद्धार विधि, डोरी र यसको प्रयोग, भग्नावशेषमा गरीने खोज उद्धार, आग्नि सामक यन्त्र र यसको प्रयोग, पहिरो र यसबाट बच्ने उपाय, गाडिबाट घाइते निकाल्ने तरिका, दमकलबाट आगो निभाउने शिप लगायतका विषयमा कक्षाहरु सञ्चालन भएका थिए ।
सहभागित तर्फबाट मन्तव्य राख्नुहुदै शोभा पौडेलले प्रशिक्षणमा सिकेको कुरा र त्यसका महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । सशस्त्र प्रहरी बलको गण दुवाकोटमा सञ्चालित प्रशिक्षणको संयोजक सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक बुद्धि नारायण मर्हजनले गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापा लगायत प्रशिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।