हामीसँग जोडिनुहोस

वागमती प्रदेशमा भक्तपुरबाट स्वास्थ्य मन्त्रीमा दोहरिए किरण थापा, काँग्रेसबाट सुरेश श्रेष्ठ मन्त्री हुने पक्का

2 मिनेट

 

मकवानपुर, १९ साउन । वागमति प्रदेश स्वास्थ्य मन्त्रीमा एमालेको तर्फबाट स्वास्थ्य मन्त्री हुनु भएका मा. किरण थापा पुन स्ुवास्थय मन्त्रीमा दोहरिनु भएको छ ।
मुख्यमन्त्रीमा बहादरसिंह लामाको राजिनामा र नयाँ मुख्यमन्त्रीको चयन प्रक्रिया अगाडि बढेसंगै नयाँ बन्ने सरकारमा एमालले आफ्नो पार्टीको तर्फबाट मन्त्री हुनेको नाम टुंगोमा पर्याउदै स्वास्थ्य मन्त्रीमा पुन किरण थापालई नियुक्त गर्ने निर्णय गरेको हो । एमालेका तर्फबाट मन्त्री बन्नेहरुको नाम टुड्याए पनि दोहरिनेमा थापा मात्रै हुनुहुन्छ भने अन्य मन्त्री नयाँ अनुहारका हुनुहनेछ ।

स्वाथ्य मन्त्री हुँदा विगत एक वर्षमा प्रदेशका १४ मन्त्रालयमध्ये उत्कृष्ठ कार्य गर्न सफल हुदै पार्टीको नाम उच्च राख्न फल भएको, स्वास्थ्यको क्षेत्रमा धेरै सुधारका कार्यहरु गरेको र विवादरहित ढंगले पार्टीको समन्वयमा कार्य गर्दै उत्कृष्ठ कार्य सम्पादन गरेकाले किरण थापालाई पार्टीले स्वास्थ्य मन्त्रालयमा पुन दोहर्याउने निर्णय गरेको जानकारी दिएको छ । पाटीृको भागमा परेको अन्य मन्त्रालयमा भने एमालेबाट नयाँ अनुहार जानु हुने भएको छ ।

त्यस्तै नेपाली काँग्रेसबाट भक्तपुरका सांसद सुरेश श्रेष्ठ मन्त्री बन्ने पक्का भएको छ । तर कुन मन्त्रालय पाउने भन्नेमा टुड्गो नलागे पनि मन्त्री हुने भने पक्का भएको काँग्रेस वागमती प्रदेश समितिका पदाधिकारीले बताएका छन् ।

भोली मुख्य मन्त्रीमा नेपाली काँग्रेस संसदीय सदका नेता इन्द्र बानियाँले सपथ ग्रहण गरेलगत्तै नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुने भएको छ । भोली मंगलबार अपरान्ह ४ बजे सपथ ग्रहण र्काक्रम तय भएको जानकारी दिएको छ । यसबारेमा मन्त्री किरण थापाले पार्टीले आफ्नो कामको मूल्यांकन गर्दै पुन स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएको बताउनु भयो । उहाँले पार्टीको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने र स्वास्थ्यको क्षेत्रमा आफूले एक वर्षको अन्तरालमा सुधार गरेका कार्यलाई पूर्णता दिदै लैजाने बताउनुभयो ।

उहाँले एक वर्षको अन्तरालमा दूर दराजमा जहाँ स्वास्थ्का पहुँच नपुगेको बिभिन्न जिल्लाका विकट गाउँहरुमा आफै पुगेर स्वास्थ्य परीक्षा गर्ने, औषिध वितरण गर्ने, रोगको पहिचान र निःशुल्क उपचार गर्ने, प्रदेशस्तरीय अस्पतालहरुमा क्षमता अभिबृद्धि गर्ने, उपकरण मैत्री बनाउने, जनशक्तिहरु थप गर्ने लगायतका उल्लेख्य कार्यहरु गर्दै आउनु भएको छ ।

यता काँग्रेसमा भने आकांक्षी धेरै भएकाले मन्त्री पदको भागवण्डा टुड्याउन नसकेको काँग्रेसले जनाएको छ । मुख्यमन्त्रीसहित ७ मन्त्री पाएको नेपाली काँग्रेसले भने अझै मन्त्रीको नामावली टुङ्याउन नसकेको र बिभिन्न गुटबाट आकांक्षी धेरैभए पछि आज दिनभर छलफल गर्दा पनि निष्कर्षमा नपुगेको हो । काँग्रेसले मन्त्री पद टुड्गोमा पुर्याउन नसके भोली हुने सपथ ग्रहणमा मुख्य मन्त्री र एमालेका मन्त्रीहरुकोम सपथ हुनेछ । यद्यपी यस पटकको सरकारमा भने भक्तपुरले एकै सथा दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।