
चाँगुनारायण, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आज बधाई तथा बधाई तथा शुभकामना दिनु भएको छ ।
हेटौडामा आज मंगलबार आयोजना गरेको नवनियुक्त मुख्य मन्त्री एवं मन्त्रीहरुको सपथग्रहण पछि पद्भार समाल्नु भएको मुख्यमन्त्री बानियाँलाई हेटौडास्थित मुख्यमन्त्री तथा मन्त्रीपरिसदुको कार्यालयमै पुगेर नगर प्रमुख खत्रीले बधाई तथा शुभकामना दिनु भएको हो ।
उहाँले बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नु भएको थियो । नेपाली काँग्रेसको पार्टीको काम तथा राजनीतिक सिलसिलामा मुख्यमन्त्री बानियाँ र नगर प्रमुख खत्रीको सम्बन्ध निकट रहेको छ । बानियाँ मुख्यमन्त्री भएसंगै चाँगुनारायणको विकासमा थप टेवा पुग्ने विश्वास चाँगुनारायणवासीले गरेका छन् ।
त्यसैगरि नगर प्रमुख खत्रीले प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा नियुक्त भक्तपुरका किरण थापा मगरलाई पनि बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको छ । नगर प्रमुख खत्रीले प्रदेशको स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको अपेक्षा गर्दै चाँगुनारायण नगरअस्पतालको शय्या बृद्धि, उपकरण एवं जनशक्ति व्यबस्थापनमा थप टेवा पुग्ने अपेक्षा व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री बानियाँ र भक्तपुरबाट पुनः मन्त्रीमा दोहरिनु भएका थापा मगरलाई नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दूर्लभ थापाले समेत कार्यकक्षमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नयाँ मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिचाइमन्त्रीमा कृष्णकुमार तामाङ र विना बिभागीय मन्त्री शिवराज अधिकारी नियुक्त हुनु भएको छ ।
त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रीमा किरण थापा मगर दोहरिनु भएको छभने कृषि तथा पशुपंछी विकास मन्त्रीमा मधुसुदन पौडेल, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, उद्योग बाणिज्य मन्त्रीमा विन्दु श्रेष्ठ र वन तथा वातावरण मन्त्रीमा भरत बहादुर केसी नियुक्त हुनु भएको थियो । सबैको आज सपथ ग्रहण सम्पन्न भई कार्यभार सम्हाल्नु भएको छ ।