हामीसँग जोडिनुहोस

प्राकृतिक देवता मान्दै खेत खेतमा भ्यागुतोलाई भात, यस कारण खुवाइन्छ, भ्यागुतालाई भात

2 मिनेट
भक्तपुर २४ साउन : गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अलि लाम्चो बनाइएको भातमा अड्याइएको छ । छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुराहरु एउटा ठूलो पातमाथि राखिएका छन् ।
त्यही पातलाई नाङ्लो वा किस्ती माथि राखेर रक्षाबन्धन धागो र सिन्दूरसमेत त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर यहाँका किसान खेतमा पुगेका छन् ।
सुन्दा पनि कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात ! तर भक्तपरका नेवार समुदायका किसानले सयौ वषएदेखि यो परम्परालाई जिवित राख्दै आएका छन् ।
जनैपूर्णिमाका दिन अधिकांश मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आ–आफ्ना खेततिर लाग्ने गर्दछन् । आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । सांकेतिक रूपमा सिन्दूर पहि¥याइदिन्छन् । अनि किसानले ऐनाका रुपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन् । किसानले खेतमै छाडेर गएको परिकार भ्यागुता आएर खाने विश्वासमा गर्ने गरेका छन् ।
यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा नौलो होइन । हरेक वर्षको जनैपूर्णिमाका दिन मान्दै आएको यो परम्परा प्रकृतिपूजक अर्थात प्रकृतिका दवताका रुपमा  किसानले भ्यागुताका पुजा एवं भात खुवाउने परम्परा गर्दै आएको स्थानीय संस्कृतकर्मी प्रकाश धौभडेल बताउनुहुन्छ ।
भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको बताउदै उहाँले भ्यागुताको  गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको बताउनुहुन्छ । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न आज भ्याइनभ्याइ हुने गर्छ ।
यो परम्परालाई स्थानीय नेपाल भाषामा ‘ब्यां चा जानका वानेगू’ भन्ने गरिन्छ । नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिएर सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँनुहुन्छ । भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिने र बाली बिगारिदिने कीटाणु खाइर्दिर किसानलाई सहयोग पुर्याउने भएकाले पनि भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उहाँ बताउनुहुन्छ ।
खेतमा काम गर्दा जति पनि किराफट्याग्राहरू मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन रहेको बताईन्छ । “भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, धौभडेल भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।”
भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् उहाँ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।