हामीसँग जोडिनुहोस

ताथलीमा सडक मर्मतका लागि जनश्रमदान : व्यापक जनसहभागिता 

2 मिनेट
भक्तपुर, २६ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीले व्यापक जनसहभागितामा सडक मर्मत तथा सरसफाइ गरेकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे कार्की- भण्डारी टाेल जाने सडककाे मर्मत गर्ने कार्य जरूरी भएपछि वडा अध्यक्ष गणेश त्यातले सार्वजनिक रूपमा जनसहभागिताका लागि आह्वान गरेका थिए ।
साे आह्वान अनुरूप साेमबार उक्त सडक सफा गर्न र मर्मत गर्न ताथलीका विभिन्न टाेलबाट युवा, महिला, ज्येष्ठ नागरिकलगायत सहभागी भएका थिए ।
कुटाे, काेदालाे, साबेल तथा अन्य घरेलु हतियारका साथ सहभागी स्वयम् सेवीहरूले श्रमदान गरेका थिए । वडा अध्यक्ष त्यातले उक्त सडकमा आवागमन सहज बनाउन तत्काल मर्मत गर्नुपर्ने भएकाले जनश्रमदानका लागि सामाजिक सञ्जालमार्फत सामुहिक आह्वान गरेको जानकारी पाएपछि आफू सहभागी भएकाे स्थानीय युवा विष्णुनारायण न्हेम्हाफुकी र लक्ष्मण कार्कीले बताए । उनीहरूले वडाकाे साे काम सराहनीय भएको समेत बताए ।
त्यस्तै स्थानीय कुमार भण्डारीले पनि वडाकाे उक्त कामकाे प्रशंसा गरेका छन् । जनताको समस्याबारे वडा र जनप्रतिनिधिको ध्यानाकर्षण भएपछि खुसी भएका उनले उक्त सडकको स्तराेन्नतिका लागि बजेट विनियोजन गर्न समेत जनप्रतिनिधिलाई अनुरोध गरे ।
सडक मर्मत तथा सफाइमा सहभागी सबैलाई वडा अध्यक्ष त्यातले धन्यवाद व्यक्त गर्दै उक्त सडककाे स्तराेन्नतिका लागि वडा कार्यालयले उच्च प्राथमिकता दिएकाे र साेही अनुरूप आर्थिक वर्ष २०८२/ ८३ मा बजेट विनियोजन गरिसकेकाे जानकारी दिए । उनले वडावासी र जनप्रतिनिधि, वडावासी र कर्मचारीबीचको सहकार्यले वडालाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै वडाकाे हितका लागि हातेमालो गर्न अनुरोध गरे ।
उनले वडाकाे सीमित बजेटका बाबजुद पनि वडाका विकास निर्माण गर्न प्रदेश, संघ र विभिन्न निकायसँग समन्वय गरिरहेकाे बताए । उनले चाँगुनारायण नगरपालिका वडा नं. ९ प्रति नगरपालिका, जिल्ला समन्वय समिति, प्रदेश एवम् संघीय सरकारले नै उपेक्षा गर्दा आम वडावासीकाे अपेक्षा पूरा गर्न कठिनाइ भए पनि वडा कार्यालय र जनप्रतिनिधि वडावासीकाे हितउन्मुखका गतिविधितर्फ लागिरहेको बताए ।
साेही कार्यक्रममा महिला वडा सदस्य कमला गिरीले वडावासीकाे सकारात्मक र रचनात्मक सुझावले वडाका गतिविधिलाई थप जनमुखी बनाउन सहयाेग पुग्ने बताइन् ।
साेही अवसरमा वडा सदस्य रविन बासुकलाले ताथलीका याेजनाहरूमा जनसहभागिता बढाउनका लागि वडावासीहरू लाग्न अनुराेध गरे । वडावासीकाे समस्या समाधानका लागि जनप्रतिनिधि लागिरहेको उल्लेख गरेका उनले वडाले सडक, शिक्षा,खानेपानीलगायतकाे पहुँचका लागि गरिरहेकाे क्रियाकलापबारे जानकारी दिए ।
वडा सचिव राधाकृष्ण गेलालले वडाकाे काममा सहकार्य जरुरी रहेकाेमा जाेड दिए । वडा कार्यालयकाे उक्त पहलले स्थानीय कार्की- भण्डारी टाेलका स्थानीय तथा साे सडक भएर आवागमन गर्ने सबैलाई सहज भएकाे छ । स्थानीयवासीले यो पहललाई ‘साझा पीडामा साझा जिम्मेवारी’को उदाहरणका रूपमा लिएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।