उदयपुर, श्रावण २६: बाढीका कारण अबरोध भएको पहाडी जिल्ला उदयपुर, सोलु, ओखलढुङ्गा र खोटाङलाई जोड्ने सिद्धिचरण लोकमाग २८ पछि खुलेको छ । श्रावण २५ देखि सञ्चालनमा आउन थालेको यो मार्ग पहिरोले सडकको ४०० मिटर ट्रयाक नै बगाएपछि एलाइमेन्ट नै परिवर्तन गर्नुपर्ने भएकाले केही ढिलाई भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । सडक अवरुद्धसँगै यी जिल्लामा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री अभाव हुँदै आएको थियो । बिरामीहरुलाई उपचारका लागि आवतजावत गर्नसमेत समस्या हुँदै आएको थियो। जटिल भौगोलिक अवस्था कारण सडक मर्मत गरेर चलाउन नमिल्ने भएपछि ठाँटी भञ्ज्याङमा एलाइन्मेन्ट नै परिवर्तन गरेर नयाँ ट्रयाक खोल्नु परेको डिभिजन प्रमुख विनोदकुमार साहले बताउनुभयो । मध्यपहाडी लोकमार्ग सञ्चालन भएयता सिद्धिचरण ओझेलमा परेको थियो । एसियाली विकास बैंकको सहयोगमा स्तरोन्नति गर्ने भनिएको थियो । अहिले त्यो चर्चा पनि हराएको छ ।