हामीसँग जोडिनुहोस

विकासप्रेमी बासुकलाको १४ औं स्मृति सभा : ज्येष्ठ नागरिक र विद्यार्थी सम्मानित

1 मिनेट

भक्तपुर श्रावण २५ । स्व. जयराम बासुकलाको १४ औं स्मृति सभा ताथलीमा भएको छ । शिक्षाप्रेमी, विकासप्रेमी एवं समाजसेवीको छविसँगै असल, कर्मठ र अनुशासित कार्यकर्ताको छवि बनाउन सफल स्व. बासुकलाको सम्झनामा शुक्रबार ताथलीको देवी माध्यमिक विद्यालयमा स्मृति सभा भएको हो ।
वि.सं. २००९ साल असार ३ गते ताथलीमा जन्मिई वि.सं. २०६२ साल साउन २४ गते देहावसान भएका स्व. जयराम बासुकला नेपाल मजदुर किसान पार्टीका इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्ता एवं साविकको ताथली गाविसका अध्यक्ष थिए ।
आफ्नो जीवनकालमा तीनपटक गाविस अध्यक्ष भएका स्व. बासुकलाको स्मृतिमा जयराम बासुकला अक्षय कोष समितिले आयोजना गरेको सो अवसरमा चाँगुनारायण नगरपालिकाको वडा नं. ८ का दुई ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिएको थियो । अभिनन्दित हुनेमा ९९ वर्षीया राधिका राउत र ८५ वर्षीय मीनराज बस्नेत रहेका छन् । सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा २०७५ मा उत्कृष्ट स्तरीकृत अंक(जिपिए) हासिल गरेकी सुमिना त्वातीलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीको सचिव एवं प्रतिनीधिसभा सदस्य प्रेम सुवालले अभिनन्दन एवं सम्मान गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।