भक्तपुर २६ साउन । नातिनीको उमेर समूहकी एक बालिकालाई डर धम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राऊ गरेको छ ।
सूर्यविनायक नगरपालिका–१ दधिकोट तर्खर्गालबाट १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी बृत्त थिमिले ५२ वर्षीय तिर्थराज न्यौपानेलाई पक्राउ गरेको हो ।
छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यबहार गरेको र पछि बलात्कार गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राऊ गरि अनुसन्धान सुरु गरेको नायव उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिनुभयो ।
पीडित बालिकाले भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो । प्रहरीले आज म्याद थप गरि आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाउने प्रहरीको भनाई छ ।