काठमाडौं २६ श्रावण । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडा एनसिसी (राष्ट्रिय समन्वय परिषद्) को निर्वाचनबाट नयाँ समिती चयन भएको छ ।
पाँच क्षेत्रका लागि शनिबार भएको निर्वाचनले १३ सदस्यीय समिति निर्वचीत गरेको छ । अगस्त १७ मा हुने अधिवेशनले चार सदस्य मनोनित गरी एनसिसीलाई १७ जनाको बनाउने छ । निर्वाचनमा ब्राम्टन क्षेत्रबाट पिताम्बर भट्टराई र नेत्र खतिवडा निर्वाचति भएका छन् । मिसिसागा क्षेत्रबाट तुला भट्टचन र विजय पौडेल निर्वाचीत भएका छन् ।
स्कार्बोबाट फणिन्द्र श्रेष्ठ र उज्ज्वल थापा, मानिटोवाबाट सुशिल दोरंगा, र ब्रिटिश कोलम्बियाबाट शरद शेरचन छनौट भएका हुन् । ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो ।