श्रावण २८ । सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वा्चित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन्। यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ । ’उहाँले राजीनामा बुझाउनु भएको छ, निर्णय हुन बाँकी छ’ सभामुखको सचिवालयले भन्यो । समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले यादवले राजिनामा दिएको पुष्टि गर्दै भने ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्। यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ । सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ। देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन्। ।